शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • जनप्रकाश उमाबिका प्रधानाध्यापक गिरीलाई कार्बाही होला त ?

जनप्रकाश उमाबिका प्रधानाध्यापक गिरीलाई कार्बाही होला त ?

  • बिहिबार, पुस १, २०७८
जनप्रकाश उमाबिका प्रधानाध्यापक गिरीलाई कार्बाही होला त ?

बाजुरा — बुढिनन्दा नगरपालिकाको जनप्रकाश उच्च माध्यामिक बिद्यालयका प्रधानाध्यापक अनोजराज गिरीलाई आबस्यक कार्बाही गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले बुढिनन्दा नगरपालिका र शिक्षा समन्वय समितिमा पत्र पठाएको छ । शिक्षक पदमै रहेर खुला राजनितिीमा हुमीएका शिक्षक गिरीलाई कार्बाही गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले पत्र पठाएको हो ।
शिक्षक गिरीले शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ को (ङ) र उपदफा ५ को उल्लघन गरेको भन्दै पत्र पठाएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको हस्ताक्षेरीत पत्रमा उल्लेख गरिएको छ । शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ को (ङ) र उपदफा ५ बमोजिम शिक्षकहरुलाई राजनीतिमा भाग लिन रोक लगाएको छ ।
शिक्षा ऐनको दफा १६ (ङ) मा कुनै पनि शिक्षक राजनीतिक दलको कार्यकारी पदमा बस्न वा उम्मेद्धार बन्नु परेमा शिक्षक पदबाट बर्खास्त गरिने उल्लेख गरिएको भए पनि शिक्षक गिरीले सो नियमको उल्लघन गरेको पाईएको छ ।
सो ऐनलाई लात मार्दै बहालवाला शिक्षक जन प्रकाश उमाबिका प्रअ गिरी राजनितीमा हुमीएका देखीन्छन । यतिबेला शिक्षक गिरी एक महिना देखी नेपाली काग्रेसका महाधिबशनका लागि एक महिना देखी काठमाण्डौमा गएको बिद्यालय श्रोतले जनाएको छ ।
विध्यालयको शैक्षिक गतिविधिमा असर पुर्‍याउने गरी शिक्षकहरु राजनीतिमा सक्रिय भएको भन्दै सामाजिक अगुवाहरुले बिरोध समेत गरिरहेका छन । यता जिल्ला प्रशासन कार्यालय बाजुराले २०७८ असोज १८ गते नै कार्बाहीका लागि पत्र पठाएको भए पनि जिल्ला शिक्षा समन्वय ईकाइ बाजुरा र बुढिनन्दा नगरपालिका भने मुखदर्शक बनेको स्थानीयको आरोप रहेको छ ।
कुनै शिक्षकले त्यस्तो गरेको पाइए वा देखीएमा शिक्षा नियमावली को परिच्छेद २३ को नियम १३८ को उपनियम १ बमोजिम कारबाही गर्न सकिने ब्यबस्था पनि रहेको भए पनि शिक्षक गिरीलाई कुनै कार्बाहीको प्रकृया अगाडी नबढाएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार