मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी भएका प्रअ गिरीको पढाउने बिद्यालयको दुराअवस्था

नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी भएका प्रअ गिरीको पढाउने बिद्यालयको दुराअवस्था

  • सोमवार, कार्तिक ८, २०७८
नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी भएका प्रअ गिरीको पढाउने बिद्यालयको दुराअवस्था

बाजुरा — बुढिनन्दा नगरपालिका वडा न २ मा रहेको जन प्रकाश माध्यामिक बिद्यालयको अबस्था दयनिय बन्दै गएको छ । हुन त सो बिद्यालयका प्रधानाध्यापक अनोज राज गिरी नेपाली काँग्रेस बाजुराका राम्रै नेताकाे रुपमा परिचित रहेका भए पनि बिद्यालय सुधारमा भने उनले चासो नदिदा बिद्यालयको अबस्था नाजुक बन्दै गएको हो । यही असोज १९ गते सम्पन्न भएको नेपाली काँग्रेस बाजुराको ७ जिल्ला अधिबेशनबाट महाधिबेशन प्रतिनिधीमा जितेका जन प्रकाश माबिका प्रअ अनोज राज गिरीको बिद्यालयको अबस्था हेर्ने हो भने नाजुक अबस्थामा देख्न सकिन्छ ।
बिद्यालयको प्रअ नेपाली काँग्रेस बाजुराका प्रभाबशालि नेताका रुपमा रहेका गिरीले बिद्यालय सुधारमा भने चासो नदिएकै कारण बिद्यालय संरचना समेत चासो नहुनु र राजनितीमा बढि खटिएकै कारण बिद्यालयको अबस्था खस्कीदै गएको त्यहाका स्थानीयको भनाई रहेको छ ।
जन प्रकाश माध्यामिक बिद्यालयको अबस्था हेर्ने हो भने त्यहाका बिद्यार्थीहरुलाई बस्ने कक्षा कोठाको राम्रो ब्यबस्था छ न त चर्पीको सुबिधा रहेको छ । बुढिन्नदा नगरपालिका २ कोल्टिमा रहेको जनप्रकाश माबिका बिद्यार्थी खुला ठाँउमा दिशापिसाब गर्ने गरेका छन् । बिद्यालयमा माबि, उच्चमाबि र क्याम्पस गरेर २ हजार भन्दा बढि बिद्यार्थी भए पनि शौचालय ानहुँदा नजिकै रहेको जैतुनको बगैचा र खुला ठाँउमा शौच गर्ने गरेको बिद्यार्थीले वताएका छन् ।
बिद्यालयमा शौचालय छ, ब्यबस्थित र पानि अभाबमा खुला ठाँउमा दिशा पिसाब गर्ने गरेको बिद्यालयका शिक्षकहरुले बताएका छन । बिद्यालयमा शौचालय नहुँदा पठनपाठन प्रभाबित हुदै गर्दा त्यहाका प्रअ गिरीलाई भने कुनै वास्ता नभएको स्थानीय अभिभागहरुको गुनासो रहेको छ । बाजुराका चार वटा स्थानियतहमा एक मात्र क्याम्पस रहेको छ, भने सबै भन्दा बढि बिध्यार्थी भएको बिद्यालयका रुपमा रहेको छ । प्रधानाध्यापक गिरी राजनितीमा ब्यस्त भएकोले यो समस्या आएको बिद्यालय सेवा क्षेत्र भित्रका अबिभाकहरुले बडिमालिका खवरलाई गुनासो गरेका छन । बिद्यालयमा शौचालय छैन नजिकै रहेको जैतुन बारीमा लुकेर दिशापिसाब गर्ने गरेको बिध्यार्थीहरुले बताएका छन ।
त्यति मात्र होइन जन प्रकाश माबिलाई नै भनेर आएको भारतिय राजदुताबासको सहयोगमा निर्माणाधिान भवन समेत बर्षौ देखी अलपत्र अबस्थामा रहेको छ । भारतिय दुताबासको सहयोगमा निर्माण भइरहेको जनप्रकाश उमाबिको भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको हो । सम्झौता मितिले २०७४ को भदौमा काम गरीसक्नु पर्ने भए पनी हाल सम्म कुनै पनी काम नगरी अलपत्र परेको जिल्ला समन्वय समिति बाजुराले बताएको छ । भारतिय दुताबास संग सम्झौता भएको ४ करोड ४४ लाख ७२ हजार ४ सय ४४ रुैपया रकम रहेको र काम २० प्रतिशत सम्म पनी हुन नसकेको बिद्यालय श्रोतले जनाएको छ । भारतिय दुताबासको सहयोगमा २ छात्राबास भवन र १ बिद्यालय भवनका लागी सहयोग गरेको जिल्ला समन्वय समितिको कार्यालयले उल्लेख गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार