बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • काँग्रेस नेता शिक्षक गिरी भएकाे बिद्यालयमा ६ महिनामा ३ महिना पनि हाजिर छैनन् शिक्षक

काँग्रेस नेता शिक्षक गिरी भएकाे बिद्यालयमा ६ महिनामा ३ महिना पनि हाजिर छैनन् शिक्षक

  • सोमवार, मंसिर १३, २०७८
काँग्रेस नेता शिक्षक गिरी भएकाे बिद्यालयमा ६ महिनामा ३ महिना पनि हाजिर छैनन् शिक्षक

बाजुरा–नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि जितेका शिक्षक अनोज गिरीको बिद्यालयको अबस्था हेर्दा निकै दया लाग्दो रहेको छ । बुढिनन्दा नगरपालिले अनुगमन गर्दा ६ महिनामा ३ महिनामा पनि शिक्षक हाजिर नभएको पाईएको छ । अनोज गिरी बिद्यालयका प्रअ हुन् ।
नगरप्रमुख पदम गिरी भन्छन्, बिद्यालयमा अनुगमन गर्दा शिक्षकनै बिद्यालयमा उपस्थित नहुने गरेको वताएका छन् । ६ महिनामा केही शिक्षक ३ महिना पनि हाजिर नभएको गिरीले वताए । बिद्यालयको हालत यस्तो छ, तर त्यहाँ प्रअ अनोज गिरी भने काँग्रेसको राजनितिमा हुमिएका छन् ।
उत्तरीक्षेत्रको सबैभन्दा बढी बिद्यार्थी भएको बिद्यालय र एक मात्र कम्पास जनप्रकाश हो । केही दिन पहिला बाजुरा बिद्यालयका शिक्षकहरु बिद्यालयमा उपस्थित नभएपछि बिद्यार्थीहरु आन्दोलित भएका थिए ।
बिद्यालयमा शिक्षक उपस्थित नहुने भएपछि नगरपालिकाले गरेको अनुुगमनमा पनि सत्य साबित भएपछि ७ दिन भित्र लिखित जवाफ सहित स्पष्टिकरण मागेको बुुढिनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुुमार गिरीले बताएका छन् । अनोजराज गिरी आफै नेपाली काँग्रेसको खुला राजनिति गर्न थालेपछि बिद्यालयको प्रशासन फितलो हुदै गएको नगरपालिकाले जनाएको छ ।
प्रअ नै बिद्यालयमा सबै भन्दा कम बिद्यालयमा उपस्थिती हुनु नै बिद्यालयको प्रशासन कमजोर हुन हो जनप्रकाश माबिका एक शिक्षकले बडिमालिका खवरलाई बताएका छन् । प्राधानाध्यापक गिरी ३ महिना देखी नेपाली काग्रेसको अधिबेशनमा हुमिएका कारण बिद्यालयमा अन्य शिक्षकहरु पनि मनोमानी गर्न थालेको बिद्यार्थीहरुले आरोप लगाएका छन् ।
बिद्यार्थीहरुले लामो समय कोरोना महामारीका कारण बिद्यालय बन्दको मारमा परेको र जिल्लामा बिद्यालय संचालन पछि पनि शिक्षकहरु बिद्यालयमा अनुुउपस्थिती भई बिद्यार्थीहरुको भबिस्यमा माथि खेलबाड गरेको बताएका छन ।
अर्को तिर बिद्यालयको भौतिक पुर्वाधार पनि अस्तब्यस्त रहेको छ । शौचालय प्रयोगबिहिन रहेका छन्, बिद्यार्थी खुला चौरमा शौच गर्न बाध्य भएका छन् । महिनावारी हुदा प्याड ब्यबस्थापन गर्ने ठाउँ नहुदा महिनावारी भएको बेला छात्राहरु अनियमित हुने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार