शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • फरार अभियुक्त २३ वर्षपछि पक्राउ

फरार अभियुक्त २३ वर्षपछि पक्राउ

  • बुधबार, मंसिर २९, २०७८
फरार अभियुक्त २३ वर्षपछि पक्राउ

काठमाडौँ — लागु औषध मुद्दाका फरार अभियुक्तलाई प्रहरीले नवलपरासीबाट २३ वर्षपछि पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका–८ घर भएका ४१ वर्षीय त्रिलोकी केवटलाई मंगलबार पक्राउ गरिएको नवलपरासी पश्चिमका एसपी मनोज यादवले बताए ।

नवलपरासी जिल्ला अदालतले २०५५ फागुन १९ मा केवटलाई १ वर्ष कैद र ६ महिना जरिवाना हुने फैसला गरेको थियो । उनलाई अदालतले ५ हजार जरिवाना तोकेको छ ।

प्रतापपुर स्थित खैरेटवाबाट पक्राउ गरेर उनलाई जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको एसपी यादवले बताए ।

चर्चामा

सम्बन्धित समाचार