बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन दिउँसो ३:३० बाट

कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन दिउँसो ३:३० बाट

  • मङ्लबार, मंसिर २८, २०७८
कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन दिउँसो ३:३० बाट

काठमाडौं — नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। पहिलो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुन: मतदान गराउने व्यवस्थाअनुसार निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार मंगलबार दिउँसो ३: ३० बजेदेखि निर्वाचन सुरु हुनेछ। निर्वाचन साँझ ७:३० बजेसम्म चल्ने समितिले जनाएको छ। पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाले २२५८,शेखर कोइरालाले १७०२,प्रकाशमान सिंहले ३७१,विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरुङले २२ मत ल्याएका थिए।

खसेको मतमध्ये ७६ मत वदर भएको थियो।

चर्चामा

सम्बन्धित समाचार