शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • बेलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बेलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • शुक्रबार, मंसिर २४, २०७८
बेलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

देउखुरी — दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१६ कपासीमा रा१च ३८५ नम्बरको बोलेरोले रा४प ४०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएलगतै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए। ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस ।

चर्चामा

सम्बन्धित समाचार