बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • यो राजतन्त्र फर्काउँने नयाँ खेल होईन।

यो राजतन्त्र फर्काउँने नयाँ खेल होईन।

  • मङ्लबार, मंसिर २१, २०७८
यो राजतन्त्र फर्काउँने नयाँ खेल होईन।

सुरेशकुमार पान्डे– अहिले छिट्टै राजतन्त्र फर्काउँने राजेन्द्र लिङ्देलको निम्न बुँदा राखेकाछन।अाउने दिनमा प्रधानमन्त्रीकाे रूपमा राजेन्द्र लिङ्देन किन?भन्ने सिर्शकमा राखिएका बुँदाहरू निम्नछन।
१- ७ साल पछि बाहुनले बिगारेकाे देश बनाउन
२-लाेभिपापि बाहुनलाई केही समय विश्राम दिन
३-अधर्ममा लागेकालाई धर्ममा ल्याउन
४-माफियाले ध्वस्त बनाएकाे मुलुकमा निकास दिन
५-भष्टाचारी दलालिलाई सातसमुन्द्र पारी फ्याक्न
६- बिदेशियका युवा देशमा फर्काउन
७- शक्तिशाली बिकसित राष्ट निर्माण गर्न
८-सम्पुर्ण नेपालिलाइ एकतामा बाध्न
९- नेता या मन्त्रीहरूलाई इमानदारीकाे बाटाेमा लैजान आदि।
उपरोक्त बिचार पस्केर उन्ले राजालाई फर्काउँने देशमा फेरी हिंदु धर्म ल्याउँने पहलमाछन।के यो सम्भब होला?जनताले राजतन्त्र फाल्न पोखेको रगत अंझै सुकेकोछैन तर राजा फर्काउँने खेलमा कयौं ब्याक्ति र संस्थाहरू लागिपरेकाछन।
नेपाली जनताले २००७सालपछि राजतन्त्रको बिरूद्धमा आवाज उठाउँदै आएकाछन गणतन्त्रको पक्षमा आवाज उठाउँदै आएकाछन।करिब साढे छ दशक सम्म जनताले बलिदानि पुर्ण शंघर्ष गरेर देशमा पहिलो पटक सम्बिधान सभाको निर्वाचन हुन सक्यो।सम्बिधानमा थुप्रै कमि होलान पहिलो कमि त संघियतानैछ जस्को हामिले लगातार बिरोध पनि गर्दै आएकाछौँ।अरू सम्बिधानमा रहेका कमि कम्जोरीहरूलाई बुँदागत बिस्तारै हटाउँने परिमार्जित गर्ने संसोधन गर्ने अधिकार पनि जनताको हातमा शुरक्षितछ।सम्बिधान बनेपछि त्यसमा आबस्याकता अनुसार बेलाबेलामा संसोधन हुन्छनै।
तर यो सम्बिधानलाई सँस्थागत गरेर गयपछि मात्र सम्बिधानको सबल र दुर्लबको बारेमा जनताहरूले बुझ्न सकिन्छ।जन्मिदा बित्तिकै बेठिक भनेर यस्को अफसान गर्न खोज्नु देश र जनता सँग गरेको गद्धारिहो।जो देशका नेताले बिदेशिहरूको ईसारामा गरेकाछन वा अबुझहरूले गरेकाछन।यसमा कसैको स्वार्थ छभने त्यो खास गरेर बिदेशि शक्तिकोनैछ भन्न सकिन्छ।देशको हितमा बनेको धर्म निरपछियाता र गणतान्त्रिक पक्षलाई हटाएपछि सम्बिधान सम्बिधाननै रहँदैन त्यो एउटा कागतको खोस्रा मात्रै रहन्छ।सम्बिधान सभा द्वारा बनेको नयाँ सम्बिधानमा जनताले पाएको उपलब्दि भनेको गणतन्त्र र धर्म निर्पक्षनै हो।
अहिले देशमा पुरानै प्रकारको हिंदु धर्म ल्याउँनु भनेको देशको सम्विधानलाई पोल्नुनै हो।सम्बिधानलाई बिफल पार्न सम्बिधान सभाको जनम काल देखिनै हुँदै आएको शडयन्त्र कसैबाट पनि लुकेकोछैन।दोस्रो पल्टको सम्बिधान सभाले बल्ल बल्ल बनाएको सम्बिधानमा संघियता त्यत्तिकै भित्राईएको होईन।देशको सम्बिधानलाई बिफल पार्न र देशलाई नयाँ प्रकारको उल्झनमा बल्झाएर देशलाई खरानि पार्ने उदेश्यले ल्याईएको संघियताले अहिले सम्म देशले निकाश पाउँन सकेकोछैन।देशलाई पहिलेनै जातिय संघियताको हथियारले टुक्रा टुक्रा पार्न थालेको बेला जनताको सुझबुझले त्यो सफल हुनसकेन पछि एक मधेश एक प्रदेशका नाराहरूल्यायर देशलाई सखाफ पार्ने कोसिश गरियो त्यो सफल नभयपछि कथित हिन्दुवादिहरूको छत्रछाँयामा देशको नयाँ सम्बिधानमाथि प्रहार गरियो।
हामिले अखण्ड राष्ट्रीयता बनाउँनलाई संघियता हटाउँने भन्छौँ त्यो मात्र होईन एउटा गरिब देशले थेग्न नसक्ने आर्थिक भार पर्छ र देश झनपछि झन कम्जोर हुन्छ भन्ने हामिलाई लाग्छ।त्यो देशको बर्तमान हालातले पनि देखाई सकेकोछ।
अरू राजावादीहरूले अखण्ड नेपालका नारा लगाएर राजालाई फाईदा पुराउँन हिन्दु धर्म ल्याउँनमा जोड लगाएकाछन।त्यसकारणले अखण्ड नाराहरू पनि बिभिन्न प्रकारका स्वार्थहरूमा आएकाछन।हामिले सुरू देखिनै देशलाई संघियताको भारले नोकस्ना पुराउँछ विस्वका दुई सय भन्दा बढि देशमा केहि मात्र २६वटा देशमा संघियताछ।
हाम्रो देश न त टुक्रिन थालेको देशहो न पराधिन देशहो।मात्र एउटा सानो देश त्यो पनि दुईटा ठुला ठुला देशको चपेटमा परेको गरिब र भुपरिबेष्ठित देशहो।यस्तो देशमा संघियता किन चाहियो?के संघियताले देशको हित गर्छ?कत्ति पनि गर्दैन।त्यसैकारणले हामिले संघियताको बिरोध गर्दै आएकाछौँ।तर राजावादिहरूले देशमा राजतन्त्रको माहोल तैयार पार्ने उदेश्यले अखण्ड देश भन्छन।उनिहरूको यो जना देशमा राजतन्त्र ल्याउँने र हिन्दु धर्म ल्याउँने हो।यसको लागि छिमेकि मुलुकमात्रै होईन विस्व हिन्दुपरिषद समेतले साथ दिएकाछन।अहिले लिङ्देन ले त्यहि बिचारधाराले लेशभएर देशमा राजा फर्काउँने आफु प्रधान मन्त्री बन्ने कुराहरू गर्दै आएकाछन।उन्ले पहिले देखिनै बाहुन क्षेत्रिमाथि रिस पोख्दै आएको कुरा कसैबाट लुकेकोछैन।क्षेत्रि बाहुन सँग अन्यजातिहरू जनजाति र दलित जातिलाई लडाउँन उन्ले सधै आवहान गर्दै आएकाछन।यस्ता जातिवादि नारा लगाएर राजतन्त्र फर्काउँँने अनि आफु राजतन्त्र भित्रको प्रधान मन्त्री भयर देशमा तानासाहि ब्यबस्था सुरूगर्ने योजना राजेन्द्र लिङ्देनको हो भन्ने कुरा प्रष्ट सँग बुझ्न सकिन्छ।उनले देशका जनतालाई भेडा सम्झिएका हुन सक्छन अहिलेका जनता एक्किसौं शताब्दिका सचेत जनताहुन भन्नेकुरा बिर्शेका राजेन्द्र लिङ्देन ले आफ्ना आँखा हत्थकेलाले छोपेर दिउसलाई राति देखाउँने प्रयात्न गर्दैछन।यो राजावादिहरूको खेल नौलो होईन।उनिहरूको सत्ताच्युत हुँदा देखिको निरन्तरता को आर्को कडि.हो।राजाले कहिले कस्लाई कहिले कस्लाई आफुतिर तान्दै आफ्नो वकालत गर्न लगाउँदै आएकाछन।यो आधार तैयार पार्नमा सघाउ पुराउँने देशमा भयको भ्रष्टचार र काला बजारि महंगि निरन्तर हुँदै आएको अप्राधनै बढि जिम्मेवारछ।यो अप्राधको अन्मुलन गर्न यिनिहरू सत्तामा जाने होईनन् बरू देशको प्रमुख अंग मानिने सेना,पुलिस क्रमचारि लाई हातमा पार्न शक्तिसालि बन्न खोजेका पार्टीहरू र उनिहरूको नेतागणलाई निस्तेज पारेर आफ्नो पकड बलियो बनाउँन खोजेको राजतन्त्रलाई सहयोग गर्ने प्रयात्नमा आज लिंगदेनले कमर कसेकाछन।
पुँजिवादि राज्यब्यबस्था आफैमा एक प्रकारको भ्रष्टचारी ब्यबस्थानैहो।यसमा मुनाफा कमाउँने उदेश्यले सबैमा मिलावट हुन्छ त्यहि प्रकारले राजनीतिमा पनि मिलावटनै गरिएको देखिन्छ।
कम्युनिष्टहरूको राजनीति यस्को ठिक उल्टा हुनुप्रनेमा अहिले समान अन्तरका एकैनासे भयकाछन।बुजुर्वापार्टी र यिनिक्षरूमा खासै फरक देखिदैन।मात्र नाम पार्टीको लोगो बाहेक ब्यबहारमा खासै अन्तर छैन।त्यसैले गर्दा पनि अहिले जनताले कस्को दामन थाम्ने भन्नेबारे अन्भिज्ञा भयका हुन सक्छन।तर जुनसुकै देशको अबस्था भयपनि राजतन्त्र देशको लागि शहि विक्लप हुनसक्दैन।देशको लागि गणन्त्र र धर्म निरपक्षनै आजको सहि नीति हो।तर यो भन्दा प्रगतिसिल ब्यबस्था नौलो जनवाद र समाजवाद साम्मेवाद हुनसक्छ।अहिलेको अबस्थामा देशमा सम्बिधानलाई संस्थागत गर्ने र कृर्षि क्रान्ति को आधार बनाउँने हामिसबैको उदेश्य हुनुपर्छ।लिंगदेन जस्ता ब्याक्तिहरूले देशलाई एकपछि आर्को सङ्कटमा डोराउँने प्रयात्न गर्दै आएकाछन।

चर्चामा

सम्बन्धित समाचार