शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • जन्ती बस दुर्घटना : घाइते एक जनाकाे मृत्यु

जन्ती बस दुर्घटना : घाइते एक जनाकाे मृत्यु

  • मङ्लबार, मंसिर २१, २०७८
जन्ती बस दुर्घटना : घाइते एक जनाकाे मृत्यु

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका- १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको बाटोमै मृत्यु भएको हो । मुसीकोट- २ को बरेली बजार नजिकै सोमबार साँझ भएको जन्ती बस दुर्घटनामा घाइते भएकामध्ये २१ जनाको जिल्ला अस्पताल रुकुम पश्चिम लगिएको थियो ।

प्रहरीका अनुसार १५ जना डिस्चार्ज भइसकेको र चार जनालाई नेपालगन्ज पठाइएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–२, को पिपलबाट जन्ती लिएर मुसिकोट–१ को घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको थियो । घाइते भएर नेपालगन्ज पठाइएकामा मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष वीरबल केसी पनि छन् ।

चर्चामा

सम्बन्धित समाचार