शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • नागाल्याण्ड : विद्रोही सम्झेर सुरक्षाकर्मीद्वारा मजदुरमाथि फायरिङ, कम्तिमा १३ जनाको मृत्यु

नागाल्याण्ड : विद्रोही सम्झेर सुरक्षाकर्मीद्वारा मजदुरमाथि फायरिङ, कम्तिमा १३ जनाको मृत्यु

  • आइतवार, मंसिर १९, २०७८
नागाल्याण्ड : विद्रोही सम्झेर सुरक्षाकर्मीद्वारा मजदुरमाथि फायरिङ, कम्तिमा १३ जनाको मृत्यु

नागाल्याण्डको मोन जिल्लामा सुरक्षा बलको फायरिङमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । उग्रवादी संगठन एनएससीएनसँग जोडिएको आशङ्कामा सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोली चलाएको बताइएको छ ।

घटनापछि सो क्षेत्रमा हिंसा फैलिएको छ । सुरक्षाकर्मी र स्थानीयबीच हिंस्रक झडप भएको छ । असम राइफल्सका अधिकारीहरूका अनुसार घटनामा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन् । यसमध्ये एक सैनिक गम्भीर रूपमा घाइते भएको र उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । यस घटनाबारे कोर्ट अफ इन्क्वायरी गठन गर्न आदेश दिइएको छ ।

मिडिया रिपोर्टका अनुसार गोप्य सूचनाका आधारमा उग्रवादी संगठनविरुद्ध कारबाहीका लागि सुरक्षाकर्मी तिरु–ओटिङ सडकमा एम्बुसमा बसेका थिए । तर उनीहरूले गाउँलेलाई विद्रोही सम्झेर गोली बर्साए । गोप्य सूचनामा जुन रङ्गको गाडी भनिएको थियो, गाउँलेहरू त्यस्तै रङ्गको गाडीमा सवार भएर आएका थिए । गाडीको रंग एउटै पाएपछि सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोलाबारी सुरु गरेका थिए ।

भारतीय मिडियाका अनुसार मारिने सबै मजदुर थिए । उनीहरू कामपछि एक पिकअप ट्रकको पछाडि बसेर घर फर्किँदै थिए । रातिसम्म घर नपुगेपछि गाउँलेहरूले उनीहरूको खोजी सुरु गरेका थिए । घटनाबारे थाहा पाएपछि आक्रोशित बनेका गाउँलेले सुरक्षाकर्मीको गाडीमा आगजनी गरेका थिए ।

नागाल्याण्डका मुख्यमन्त्री नीफियू रियोले यस घटनालाई निन्दनीय बताएका छन् । उनले उनले यसबारे उच्चस्तरीय जाँच गरिने बताएका छन् । उनीले सबैलाई न्याय दिलाउने वाचा गर्दै शान्ति कायम गर्न अपिल गरेका छन् ।

त्यस्तै केन्द्रीय गृहमन्त्री अमित शाहले पनि ट्वीट गर्दै घटनालाई दुर्भाग्यपूर्ण बताउँदै आफू यसबाट आफू दुखी भएको बताएका छन् । उनले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै न्याय दिलाउने बताएका छन् ।राताेपाटीबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार