शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • साथीको ‘बर्थ डे’ मनाउन गएका युवकको मृत्यु

साथीको ‘बर्थ डे’ मनाउन गएका युवकको मृत्यु

  • शुक्रबार, मंसिर १७, २०७८
साथीको ‘बर्थ डे’ मनाउन गएका युवकको मृत्यु

दाङ — आफ्नो साथीको ‘बर्थ डे’ मनाउन गएका घोराहीका एक युवकको मृत्यु भएको छ । युवकको मृत्युपछि दाङ प्रहरीले होटल सञ्चालकसहित १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जन्मदिन मनाउने क्रममा होटलमा अचेत अवस्थामा फेला परेका घोराही उपमहानगरपालिका – १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको उपचारका क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको जानकारी दिए ।

नियन्त्रणमा लिइएका युवाहरुले भने मदिरा सेवनपछि पौडेल छतबाट खसेर अचेत भएको भन्ने बयान प्रहरीसमक्ष दिएका छन । पौडेल उनका साथी नवीन गिरीको निमन्त्रणामा जन्मोत्सव मनाउन बुधबार घोराही १५ स्थित फ्रेन्ड एण्ड फेमिली होटलमा गएका थिए ।

प्रहरीको अनुसार पौडेलको टाउकोमा गहिरो चोट लागेको थियो। मृत्यु शंकास्पद लागेकोले पौडेलका घर परिवारले घटनापछि उनको हत्या भएको आशंकामा प्रहरीमा जाहेरी थिए । जाहेरीपछि प्रहरीले उनका साथीहरुलाई पक्राउ गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार