• होमपेज
  • समाचार
  • काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला

काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला

  • आइतवार, मंसिर १२, २०७८
काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला

काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला परेको छ । ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो र कोटेश्वर लगायतका ठाउँबाट हराएका १५ मोटरसाईकल र ८ वटा स्कुटर फेला पारिएको ट्राफिक महाशाखाका एसपी सञ्जीव शर्माले बताए । एक महिनाको अवधिमा ती मोटरसाइकल फेला परेका हुन् ।

आइतबार ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराइले सो मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् । महाशाखाबाट सादा पोसाकमा खटिएका अनुसन्धानकर्मीहरुले चोरीका मोटरसाइकल फेला पारेका हुन् ।

०७८ साउनपछि महाशाखाले हराएका १७६ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । त्यस्तै चोरीमा संलग्न २१ जनालाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याएको एसपी शर्माले बताए ।

चर्चामा

सम्बन्धित समाचार