शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेकपा एमालेको महाधिबेशनमा बाजुराबाट को कुन पदमा भिड्दैछन

नेकपा एमालेको महाधिबेशनमा बाजुराबाट को कुन पदमा भिड्दैछन

  • शनिबार, मंसिर ११, २०७८
नेकपा एमालेको महाधिबेशनमा बाजुराबाट को कुन पदमा भिड्दैछन

बाजुरा — नेकपा एमालेको महाधिबेशनमा बाजुराबाट ६ जना नेताहरु केन्द्रीय सचिव देखी सदस्य पदमा चुनाव लड्ने भएका छन । नेकपा एमालेको १० औँ महाधिबेशन खुलासत्र सम्पन्न पश्चात अधिबेशनबाट केन्द्रीय कमिटिमा जान ६ जनाको नाम सामाजिक संजालमा चर्चामा रहेका छन् ।
नेकपा एमाले सुुदुुर पश्चिम प्रदेशका अध्यक्ष तथा पुुर्व उद्योग मन्त्री संबिधान सभा सदस्य कणर् बहादुर थापा केन्द्रीय कमिटी सचिवमा उम्मेद्धारी रहने बताएका छन । त्यसै गरि नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्र्चाज समेत रहेका संघिय सांसद लाल बहादुर थापा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेद्धारी रहने श्रोतले जनाएको छ ।
त्यसै गरी बाजुरा प्रदेश ख बाट निर्बाचित सांसद तथा पुुर्व आर्थिक मामिला मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह पनि केन्द्रीय कमिटि सदस्यका आकाङ्कछी रहेका बताएका छन् । त्यसै गरी संबिधान सभा सदस्य बसुुन्धरा रोकाया र पेम्बा गुुरुङ्ग भोटे पनि केन्द्रीय कमिटि सदस्यमा उम्मेद्धारी दिने बताएका छन ।
त्यसै गरि दयाल बहादुर शाही र सहदेव बोगटी समेत केन्द्रीय सदस्यका आकाङ्गछी रहेको उनका कार्यक्रताहरुले बताएका छन् । बोगटी नेकपा माओबादीबाट भर्खर मात्रै एमालेमा आएका छन । पुुर्व माओबादी केँद्रबाट आएका मध्य बोगटी एकल उम्मेद्धार रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार