• होमपेज
  • कला /साहित्य
  • भुँई मान्छे!लघुकथा!

भुँई मान्छे!लघुकथा!

  • शनिबार, मंसिर ११, २०७८
भुँई मान्छे!लघुकथा!

सुरेशकुमार पान्डे — म निलो आकासमा उड्न खोज्ने मान्छे।सगर माथालाई नियाल्दा आफुलाई बल्ल भुंईमा देख्छु।सोंच्छु मनैमनमा कहिलैई भेगुताको धार्नि पुग्ने भैन।जुन जोगि आय पनि कानै चिरेको देख्छु!भन्दै अभिनाश गन गन गरिरहेको थियो।तर उ कोसित गनगन गर्यो त्यो भने सेतेले बुझ्न सकिन।सेते अलि टाडानै थियो उस्को बिचार कसैले नखाने उ अर्कै खालको जिद्धि स्वभाबको थियो।जिद्धि पनि किन नहौश”आखिर आफ्नो साराजीवन राष्ट्रीयता जनतन्त्र र जनजीवीकिको पक्षमा शंघर्श गर्दै यहाँ सम्म आउँदा आफुलाई कता कति एक्लो जस्तै देख्यो।अहिले बेसरी हुरिचलेको पानि पर्ने सम्भाबना पनि उस्तै थियो।चुनाव नजिक भयर होला यति सम्म सुनसान भयको यो बाटोमा चहल पहल बढेर गयको थियो।साहिद अभिनाशले तिनै चुनावका लागि आएका नेताहरू सँग कराएको हो कि थाहा नपाएको सेते अभिनाश भयको तर्फ लाग्छ।को सँग गनगन गरेको भाई यँहा त कोहि पनि देखिदैनन्?सेतेले प्रश्न गर्छ।को देखिनपय्रो यो मनमा थोरै घाउछन र?आफ्नै भुटो त होनि आफै सँग गनगनाएको मन हलुको गराउँन।आभिनासको उत्तर सुनेपछि सेतेको सङ्का प्रष्टै भयो।
हिंजो क्रान्तिको लागि आफ्नो सर्वस्व त्यागेको मान्छे आज यो गतिमाछ!सेतेले मनैमन सोंच्छ।न आत्तिनु भाई हामिलाई थाहाछ तिमिले गरेको त्याग बलिदान पार्टी संगठनपर्ति!सेतेको कुरा सुनेर सेते तिर पिर्लुक्क एकटक हेर्छ टिठलाग्दो अनुहार,बढेको तिल चामल झैं दाह्री उ केहि बोल्दैन।साहिद उ सँग यिनि कुराको उत्तरनै थिएन।अभिनास अति लाईक ठिटो थियो उस्ले जनवादि क्रान्तिकै लागि जागिर छाडेर युद्धमा कुंदेको ब्याक्ति,आमाले धेरै सम्झाईन “छोरा बिहेगर घरबार बना”तर उस्ले पटक्कै मानेन।मान्थ्यो पनि किन उस्को लागि त देश र जनताको लागि क्रान्ति गर्नु थियो।क्रान्तिकै लागि राम्रो जागिर छाडेर शंघर्ष मा कुँदेको मान्छे।आज घर न घाटको भयको थियो।पाल्टी टुक्रा टुक्रा भयको अबस्थामा उस्ले के गर्ने कुनबाटो छोप्ने?त्यो निर्णय गर्न यो बेला कठिन थियो।फेरि पनि उ जन तन न्यायको पक्षमा सक्यासम्म लड्ने गर्थ्यो।
कथित जन युद्धताक आफ्नो दाई समेत गुमाएको अभिनाशले यो बुझ्न सकेको थिएन आखिर दाईको हत्या कसरी भयो किन भयो?उसको दाई त साधारण ब्याक्ति थियो कुनैपाल्टिको समर्थक पनि थिएन फेरी राज्य पक्षकै सिकार भयको थियो।यस्ता याबत पिडाहरूको भारिबोकेर बाँचेको अभिनाश अब मानसिकरूपमा पिडित थियो।उस्लाई आफ्नै मष्तिक सँग शंघर्ष गर्नुपरेको पिडा सेतेले महेशुर्ष गर्थ्यो।
अहिले अभिनाश मूलबाटोमा ओरदौर गर्ने यात्रुहरू लाई रोकेर सोधथ्यो।ए भाई भ्यागुताको धार्नि पुग्यो म त भुई मान्छे आकासमा उड्न खोजेको तर सगरमाथाको तल बाट नियाल्दा आफुलाई भुँईमा देख्छु।नेताहरू भने बिना प्वाँख उडि रहेकाछन। खस्छन तिनि पनि एकदिन अबस्य हा.हा हा..यसरि उ खुसि हुन्थ्यो अनि आफ्ना राता राता आँखामा ज्वाला बालेर यसरी आक्रोस पोख्थ्यो।मानौँ उस्ले कसै सँग बद्ला लिनुछ,आफ्ना बङ्गारा किट्छ अनि पख पख तँलाई !भन्दै अगाडि बड्छ।
उस्को अभिनय देखेर सेतेलाई त्यो दिन झलझलि हुन्छ”कुनै दिन उसको घर कार्यलय जस्तै वा धर्मशाला जस्तै मानिसले भरिभराव हुन्थ्यो।अभिनाश गीत गाउँथ्यो नाच्थ्यो अनि जोसिलो भाषण गर्थ्यो तर झुठ कहिलैई बोलेन।एउटा निडर सहासि जुझारू योद्धा थियो।आजको यहि अभिनाश जसलाई अहिले भर्खर सेतेले नियालि रहेको थियो।उसको आवरण एउटा मानसिक रोगि देखिएता पनि आवरण भित्र एउटा दर्दनाक कथा लुकेको थियो।
प्रवाशमा बसेको बेलामा पनि देशको चिन्ता रहिरहन्थ्यो,बर्ग शंघर्ष को लागि दिन रात चिन्तित रहने अभिनाश बिदेशस्थित नेपालीहरूको दुःख सुखमा सधै अग्रिम पंक्तिमा रहेर सहयोग गर्थ्यो।कहिले पनि झुकेन डरेन आफुजस्तै गरिब श्रमजीवीहरूको हितमा रहिरहने अभिनासको आजको अबस्थालाई नियालि रहेको सेतेका आँखा रसाएका थिए।उफ.जीन्दगी के के देख्नु परेकोछ यिं आँखाहरूले!ठुलो स्वास लिन्छ र सेते पनि बिस्तारै गनतब्य तर्फ लाग्छ।

चर्चामा

सम्बन्धित समाचार