शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अहिले राजा तिर किन आकार्सित छन नेताहरू!

अहिले राजा तिर किन आकार्सित छन नेताहरू!

  • शुक्रबार, मंसिर १०, २०७८
अहिले राजा तिर किन आकार्सित छन नेताहरू!

सुरेशकुमार पान्डे–पहिले एकजना क्रान्तिकारी भनिने मोहन बैद्धले राजाको गुणगान गाएका थिए।अनि प्रचण्डले पनि अहिलेको राष्ट्रपति भन्दा राजा (प्रगतिसिल)ठिक भनेका थिए।अहिले फेरी ओलिले हामि आपसमा खिचातानि गर्नुभन्दा राजालाई सत्ता सोंपौ भनेर भन्छन।
पराय जसो ठुला पार्टीका नेताहरूले यसो भन्दा मुख्य दुईवटा बिचारहरू उत्पन्न हुन्छन।एउटा के सांच्चै भन्दा बहुदल असफल भयो त?आर्को के यो देश मुट्ठिभर नेताहरूको मात्रैहो?हिंजो बहुदलिय ब्यबस्थाका लागि कति लामू समय सम्म लडे एकसय चार बर्ष राणाहरू सँग करिव ३२बर्ष राजाहरू सँग लडेर जनताले ल्याएको बहुदललाई यिनि मुट्ठिभर नेताहरूले असफल घोषित गरेकाछन।नेताहरूले आफुलाई के सम्झिन्छन?जनताको यो देशमा अधिकारनै छैन।एका तिर जनताले बहुदल ल्याउँनका लागि बलिदानि पुर्ण शंघर्ष गरे।हजारौं हजार होनहार देशका नागरिक मारिय सयौं घरबार बिहिन भय यहि अनुपातमा अपाङ्ग भय।बहुदलका लागि राणा साशनको बिरूद्ध गर्दा शुक्रराज शास्त्रि,धर्मभक्त माथेमा,गंगालाल श्रेष्ठ लगायतका ले प्रणा दिएका थिए।हजारौं हजार लोकतन्त्र प्रेमिको रगतमा ल्याएको बहुदलिय ब्यबस्थालाई खोसेर बत्तिस बर्ष सम्म राजगरेको राजालाई हटाउँन सत्र हजार होनहार देशभक्त र क्राकारी युवाहरूको रगतमा सटेको बहुदलिय ब्यबस्था र सात दसक सम्म शंघर्ष को परिणाम निर्माण गरेको सम्बिधानलाई मात्र कागतको खोष्टा भनेर अपमान गर्दैछन।राजा गणतन्त्रको विक्लप कदापि हुन सक्दैनन।राजतन्त्र भोगेकाहरूले यसरी राजाको वकालत गर्ने कारण के हो भने जनतालाई वार्गेनिङ दिएर उनिहरूको मत प्राप्त गर्न र राजावादीहरूको सानुभुति प्राप्त गर्न गरिएको चाल हो भनेर बुझ्नुपर्छ।
एउटा देशभक्त र गणतन्त्र प्रेमिले कहिलैई पनि राजाको वकालत गर्दैन।आफुलाई कम्युनिष्ट भन्नेहरूको यो रोईलोले देशको मात्रैहोईन अन्तरराष्ट्रीय कम्युनिष्ट आन्दोलनमा ठुलो धक्का पुगेको कुरा प्रष्टैछ।हाम्रो देशमा कम्युनिष्टको स्थापना निम्न पुँजिवादी जगमा भयकोले यो त्यँहाभन्दा माथि उठेर क्रान्तिकारी बाटो छोप्न सकेकोछैन।बरू बेला बेलामा गुट फुट भयर एउटा कम्युनिष्टका बिभिन्न हांगावाङ्गा भयर टुक्रिंदै ओईलिंदै वा गलत बाटो तिर लम्किदैं आएको तित्तो सत्य हो।पार्टीले हंशिया र घन अंकित गराएर रातो झण्डा बनाए पनि ब्यबहारिक रूपमा कम्युनिष्ट हुन सकेका छैनन्।कम्युनिष्ट पार्टीको स्थापना नौलो जनवादि क्रान्तिको लागि भयको थियो।तर उनिहरूले नौलो जनवादि क्रान्ति लाई गलत दिशा तिर डोराउँदै बहुदलिय जनवादमा बद्ले र अहिले समाजवादि ब्यबस्थाका लागि लड्नछौं भन्नेहरूले राजाको वकालत गर्न थाले।यसरी हामिले के बुझ्न सकिन्छ भने देशमा कम्युनिष्टको बिउ पनि माशिंदैछ।अब जस्तो सुकै झण्डा बनाएपनि जे नाम राखेपनि यिनिहरू एउटा बुजुर्वा पार्टीमा परिणित भयकाछन।तेसैको परिणाम यिनिहरूले राजाको वकालत गर्दै आफु एउटा तानासाह बनेर सरकार हांक्ने प्रयात्नमा छन।यो अनुसन्धान ओलिले पुष पाँच गते पछि अप्नाउँन थालेका थिए।सहि समयमा सर्वोच्चले उनलाई पाखा नलगाएको भय उन्ले छिमेकि र राजाको सहयोगमा गणतन्त्रलाई खत्तमपारेर देशमा हिन्दुवादी सरकारको नेतृत्व गर्न कमर कसेका थिए।अहिले देशभित्र हिंदु धर्मका लागि गणतन्त्र समेत त्याग्न कयौं पार्टीकि लिडरहरू तैयार हुदैछन।राजावादीहरूले हिंदु धर्मको वकालत गर्छ,छिमेकिले पनि त्यहि चाहेकोछ।विस्व हिन्दु परिषदले बहुत पहिले देखि नेपाललाई एकमात्र हिंदुराष्ट्र घोषित गर्न दवाब दिंदै आएकाछ।यसरी अहिलेका यिनि समाजवादी नेताहरू उनिहरूको दवाबमा राजालाई ल्याउँन कस्सिएका त होईनन्?यँहा निर यो प्रश्न उठेकोछ।अहिले देशभित्र चुनाव नजिकिंदै गर्दा जस्ले हिंदुधर्मको वकालत गर्छ वा राजाको वकालत गर्छ उस्लाई हिन्दुवादी हरू राजावादीहरूको समर्थन प्राप्त हुनेछ।यात उनिहरूले सांच्चै भन्दा साम्राज्याबादी शक्तिको अगाडि नतमस्तक भयकाछन र बहुदलिए ब्यबस्थामाथि आकारमण गर्दैछन।उनिहरूले देशकि जनतालाई यो देशको जिम्मेवार नागरिकको रूपमा हेर्ने साहाश छैन।आफुलाई तानाशाह घोषित गर्ने दाउँमा छन।यिनै कारणको सेरोफेरोमा उल्झिएका अहिले यि ठुला दलका नेताहरूछन।यिनैले गर्दा अंमरिकन साम्राज्यवादी शक्तिले नेपालको बारमबार चक्कर काट्दैछ।अनि सरकारले देशमा आर्थिक अनिकाल भयो भनेर रूंदै आएकोछ।तर त्यो संघियतालाई खारेज गर्ने आंट छैन बरू एमसीसी लाई लागु गर्न उनिहरूको बिचमा डिलो चांडो एकता हुने देखिन्छ।किन कि यि नेताहरूले एमसीसी बाट कमिसन खाई सकेकाछन।जनताहरू सँग यि नेताहरूले सधै झुठ बोलेर नागरिकहरूलाई गुमराहमा राख्दै आएकाछन।

चर्चामा

सम्बन्धित समाचार