शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • नेताको बुद्धिमा बिर्को!

नेताको बुद्धिमा बिर्को!

  • बुधबार, मंसिर ८, २०७८
नेताको बुद्धिमा बिर्को!

सुरेशकुमार पान्डे — हिंजो बुजुर्वा सम्रचनालाई भत्काउँन दश बर्ष सम्म ससस्त्र कथित जनयुद्ध लडेका प्रचण्डको शान्ति सम्झौता पछि गुणत्मक बिकास भयकोछ।उनिहरूले चलाएको जनयुद्ध भनेपनि त जनयुद्ध थियन नै जनतालाई भ्रमित गरेर देशमा शहिदको खेति गरेका प्रचण्ड र बाबुराम भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलनमा गरेको गद्धारी चरम उत्कृषमा पुगेकोछ।बाबुरामले त पहिलेनै मदेशबादि दलमा सामिल भयर छिमेकिलाई गुन लगाई सकेकाछन।अहिले प्रचण्ड समेतको बिजोगछ।पहिले बाह्र बुँदे सम्झौता पछि उन्ले दिएको संदेश थियो आफु खारिएको र माझिएको राजनीति भनेको बहुदलिय ब्यबस्थाहो” त्यहि मुलधारमा आउन सबैलाई आवहान गरेका थिए।उनले भारतमा चलाएका माओवादी ससस्त्र गतिबिधि समेतलाई आफु बाट शिक्षा लिन आग्रा गरेकाथिए।यो ब्यबहारले विस्वकम्युनिष्ट आन्दोलनलाई ठुलो धक्का पनि लाग्यो।उनिहरू त्यो बेला राजा सँग अघोषित एकता गरेको कुरा पनि आफैले स्विकारेका थिए।त्यो स्विकारिक्तोले उन्ले महान शहिदहरू सँग गरेको ऐतिहाशिक गद्धारिनै पुस्टि हुन्छ।हामिले उनिहरूको जनयुद्धलाई कथित रूपले चलाईएको उग्रवामपन्थि कार्वाही भनेर त्यो बेलामानै भण्डाफोर्ड गर्दै आएका थियौं।उनिहरूले तत्कालिन राजा सँग सांठगाड गरेको कुरापनि हामिले उजगार गरेका थियौँ।
हुँदा हुँदै अहिले बाबा रामदेब र बालकृष्ण आचार्यलाई क्रान्तिकारी र वैज्ञानिक भन्दै सम्मान मात्र गरेनन नेपालमा राम देबलाई जमिन उपलब्द गराए।हामिले बुझ्नुपर्ने कुरा केभने देशभित्रका जनताले एउटा घडेरी किन्नलाई आजिवन परदेशमा आर्काको चौकिदार हुनुपर्छ तरपनि भनेको ठाउमा एउटा घडेरी किन्न सकिदैन।
नेपालि जनता अहिले पनि भूमिहिन छन कृषियोग्य जमिन छैन,देशले बिदेशबाट खाद्मान प्रदार्थ आयात गर्छ।पहाडि भेगमा जमिनमा सिंचाई छैन अनि ६५%पहाडमा बसेका जनताहरूको घरबाटकम्तिमा एकजना लाहुरे मुज्दुरछ।मात्र खान र लगाउनमा आजिवन आर्काको देशमा पसिना पोखेकाछन।उनिहरूको राम्रो बासछैन,तर देशमा बाबाहरूलाई वैज्ञानिक र क्रान्तिकारी भन्दै जमिन उपलब्द गराउने होडछ।अहिले त प्रचण्डले हदैगरेकाछन,”देशको राष्ट्रपति भन्दा राजलाई प्रगतिशिल” भन्दै राजाको गुनगाण गर्न थालेकाछन।यसले के बताउँछ भने उन्ले घुमाई फिराई हिन्दुराष्टको वकालत गर्न थालेकाछन।उन्को ब्यबहारले गणतन्त्र र धर्मनिरपक्षयता समेतलाई आघात पुराउने काम गरेकोछ।हिंजो ओलिले छोपेको बाटो प्रकारान्तरले प्रचण्डले अनुसरण गरेकाछन त्यसकारण उनि अब प्रतिगामि बाटोमा हिंडेको आभास हुन्छ।भोलिका दिनहरूमा सम्बिधान माथि आकारमण गर्नपनि उनि पछिपर्नेछैनन।
नेपाली जनताले जस्लाई अहिले सम्म कम्युनिष्ट क्रान्तिकारी भनेर हेर्दै आएकाछन उनिहरूले प्रचण्डको ब्यबहारबाट बुझ्नु पय्रो।उनिहरू जस्लाई जनताले कम्युनिष्ट भनेर भुल गरेकाछन उनिहरू कम्युनिष्टको आबरण भित्र रहेर कम्युनिष्टलाई बद्नाम गर्ने क्यारिरिष्ट अवसरवाद हुँन।
प्रचण्डको ठुलो धोको थियो राष्ट्रपति बन्ने र आफु एक प्रकारको तानाशाह बन्ने।तर त्यो पुराहुन नसकेपछि उन्ले अहिले राष्ट्रपति भन्दा राजालाई ठिक भन्न थालेकाछन।यसरी उन्ले घुमौरो प्रकारले हिंदु धर्मको वकालत गरेकाछन।हिंजो ओलिले पसुपतिमा पुजागर्ने कुरा गर्दै हिंदुधर्मको नजिक जान थालेका थिए।ओलिले दुई तिहाईको संसदलाई बिघटन गरेर गत पुस पाँच देखि एकप्रकारको राष्टघाति र प्रतिगामि कार्य अप्नाएका थिए।उन्ले एक पछि एक असम्बैधानिक गतिबिधि गर्दै आएकाथिए।जस्लाई सत्ता च्युत गर्न पाँच दलको समझ्दारी बन्यो। त्यहि बाटो अहिले प्रचण्डले घुमाउरो प्रकारले अगालेकाछन।रामदेब बाबालाई नेपालमा भब्य स्वागतको पछाडि यहि उदेश्यछ।
देशमा कसैको सरकार आएपनि देशको बिकासमा होईन बिदेशिको गुनगाण र सिंगो राष्ट्रलाई गलत दिशा तर्फ लतार्न खोज्दछन।यसले के बुझ्झिन्छभने हाम्रो देशमा सधैभरी “रअ”को छाँया परेकोछ।
जनताले राष्ट्रीयता र गणतन्त्रको पक्षमा शंघर्ष गर्छन तर जनताकै आन्दोलनभित्र बसेर जनता र देशघाति ब्यबहार गर्दै मौका प्रस्तहरूले देशलाई एक पछि आर्को भुमोरीमा ढेकलेका हुन्छन।अहिले चुनावको ढिकमा आएर यि बाबाहरूलाई देशभित्राउँनु र राजाको वकालत गर्नुले प्रचण्डले राजावादीहरू र हिंदु धर्मको वकालत गर्नेहरूको मत पाउँन पनि हुन सक्छ।उनिहरूको बुद्धिमा बिर्को लागेकोले देशका जनताको माझमा देश बिकास र शहि राजनीति न लगेर राजाको वकालत गर्दै राजावादीहरूको मत लिने अर्को खेल खेल्दैछन।तर त्यो खेल नौलो होईन यो पहिले ओलिले खेलेको खेलहो।उनलाई त्यहि खेलले आज यो गतिमा पुराएकोछ त्यो देखि देखि पनि प्रचण्डले त्यहि बाटो अपनाउँदा उन्को बुद्धिमा बिर्को लागेकोनै आभाष हुन्छ।देशका जनतालाई भेंडा बाख्रा जस्तै सम्झिनेहरूलाई आभाष हुनुपर्छ यहि देशका जनताले सदियौं देखि देशलाई बचाउँन शंघर्ष गरेर अहिले विस्वको माझमा देश जिवितछ।आउँने दिनहरूमा देश जोगाउँन यस्ता राष्ट्रघातिहरूको बिरूद्धमा जनता आन्धिबेरी बनेर मैदानमा उत्रिनेछन।

चर्चामा

सम्बन्धित समाचार