मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • पहिलो पटक जिल्लाको नेतृत्व समाल्दै डिएसपि ओझा

पहिलो पटक जिल्लाको नेतृत्व समाल्दै डिएसपि ओझा

  • शनिबार, मंसिर ४, २०७८
पहिलो पटक जिल्लाको नेतृत्व समाल्दै डिएसपि ओझा

बाजुरा–जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरिक्षक चर्तुभुज ओझाले डिएसपि भएपछि पहिलो पटक जिल्लाको नेतृत्वमा समाल्ने भएका छन् । प्रहरी प्रधान कार्यलयले बिपत्त ब्यबस्थापन महाशाखा सामाखुशी बाट उनलाई बाजुरा सरुवा गरेपछि पहिलो पटक उनले प्रहरीको जिल्ला तहको नेतृत्व पाएका छन् ।
प्रहरी संगठन भित्र अब्बल प्रहरी अधिकृतका रुपमा चिनिदै आएका ओझाले बाजुराको शान्ति शुरक्षा कायम गर्न सधै खटिने वताएका छन् । २०६७ सालमा प्रहरी निरिक्षकमा नाम निकालेका ओझा २०७७ जेठमा डिएसपीमा बढुवा भएका थिए । प्रहरि निरिक्षक हुदा इलाक प्रहरि कार्यलयकाे इन्चार्ज भएपनि जिल्लाकाे नेतृत्व भने पहिलाे पटक समालेका छन् ।
ओझा डोटिको के आइ सिं गाउँपालिका १ डुम्राकोटमा जन्मेका थिए । बाजुराका बस्दा सधै न्यायको पक्षमा काम गर्ने वताए । उनि आएको दुइ दिनमै भाडा बढी लिने जिपहरुलाई प्रक्राउ गरि कार्यवाहि गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार