शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • बझाङमा प्रहरी हिरासतभित्र ७७ वर्षीया वृद्धाको मृत्यु

बझाङमा प्रहरी हिरासतभित्र ७७ वर्षीया वृद्धाको मृत्यु

  • शनिबार, मंसिर ४, २०७८
बझाङमा प्रहरी हिरासतभित्र ७७ वर्षीया वृद्धाको मृत्यु

बझाङ — जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा ७७ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। कर्तव्य ज्यान मृद्दामा २० कात्तिकदेखि हिरासतमा रहेकी केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान मृत्यु भएको हो। कर्तव्य ज्यान मृद्दामा २० कात्तिकदेखि हिरासतमा रहेकी रावलको बिहान हिरासतमा अचेत भर्इं अस्पताल पुर्याए पछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख (डिएसपी) ज्ञान बहादुर बिष्टले बताए।

‘‘बिहान हिरासतभित्र सुरक्षाकर्मी लगाएत हिरासतमा रहेकाहरु चिया पिईरहेका थिए, उहाँपनि चिया पिउँदै हुनुहुथ्यो, चिया पिउँदापिउँदै एक्कासी अचेत हुनुभयो’’ डिएसपी बिष्टले भने, ‘‘अचेत भएपछि जिल्ला अस्पताल पठायौ र अस्पतालले मृत घोषणा गर्यो।’’ मृतक रावल र उनका छोरा जय बहादुर रावल बुहारी हत्याको आरोपमा हिरासतमा मा रहेका थिए।

चर्चामा

सम्बन्धित समाचार