शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • शुक्रबार, मंसिर ३, २०७८
आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ — अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ । जस कारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आङ्कलन गरेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

शनिवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार