शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पत्रपत्रिका
  • अर्थतन्त्रका सूचकको मिश्रित संकेत

अर्थतन्त्रका सूचकको मिश्रित संकेत

  • बुधबार, मंसिर १, २०७८
अर्थतन्त्रका सूचकको मिश्रित संकेत

चालू आर्थिक वर्षको तेस्रो महीना अर्थात् असोज मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकमा मिश्रित संकेत देखिएको छ । असोजसम्म आउँदा केही सूचक सुधारोन्मुख देखिएका छन् भने कतिपयको अवस्था झन् बिग्रँदै गएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार असोजसम्म आउँदा विदेशी मुद्रा सञ्चिति (डलर) थप घटेको छ । यस्तै, चालू खाता घाटा पनि ह्वात्तै बढेको छ । यसैगरी मूल्यवृद्धि थप बढेको छ भने विप्रेषण आप्रवाह झनै घटेको छ ।

तर, शोधनान्तर घाटा भने केही कम भएको छ । साथै, वैदेशिक व्यापारघाटाको वृद्धिदर पनि कम भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस्तै, भ्रमण आय तथा प्रत्यक्ष वैदेशिक लगानीमा राम्रो वृद्धि देखिएको छ । असोजसम्म आउँदा विदेशी मुद्रा सञ्चिति घटेर १० अर्ब ९८ करोड डलर कायम भएको छ । गत असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ११ अर्ब ७५ करोड डलर रहेको थियो । तर, त्यो निरन्तर ओरालो लागेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार