शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

  • सोमवार, कार्तिक २९, २०७८
जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

बुटवल — जीप दुर्घटना हुंदा चार जनाको मृत्यु भएको छ।

रोल्पाको माडी गाउँपालिका–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुँदा दुईजना पुरुष र दुईजना महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा माडी– ६ कोर्चाबाङ मिसिडाँडाका ५१ वर्षीय टेकबहादुर पुनमगर, कोर्चाबाङकै ४७ वर्षीय चालक रुद्रबहादुर घर्तीमगर, कोर्चाबाङ रीचा निवासी ४७ वर्षीय चौसरा बिश्वकर्मा र कोर्चाबाङकै १८ बर्षीया लिला पुनमगर रहेका छन्।

दुर्घटनामा विना घर्तीमगर र पञ्चना बिश्वकर्मा गम्भीर घाइते भएका रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए।

चर्चामा

सम्बन्धित समाचार