शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आफु जस्तै श्रमजीवी लाई जगायो

आफु जस्तै श्रमजीवी लाई जगायो

  • सोमवार, कार्तिक २२, २०७८
आफु जस्तै श्रमजीवी लाई जगायो

आजैका दिन एकता समाज उदायो यहाँ
आफु जस्तै श्रमजीवी लाई जगायो यहाँ।

पूर्व पश्चिम उत्तर र दक्षिणका जनाता जुटे,
वर्गशंघर्षको महान बेगुल नि बजायो यहाँ।

अलपत्र मनुवा समेटेर एउटै झण्डा मुनि।
समाजमा रहेको कु सँस्कार धपायो यहाँ।

खोजेर भारतका कुना कुना बाट नेपाली,
दुश्मनले लगायका तगारा पन्छायो यँहा।

सोशक सामन्तको बिरूद्ध जुर्मुरायो सधै,
जन जनको हृदयमा समेत अटायो यहाँ।

छँदैछैन दुबै देशका सरकार हाम्रो हितमा
प्रवाशि नेपालिहरुकै जिम्मा उठायो यँहा।

चर्चामा

सम्बन्धित समाचार