शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • धादिङमा ट्रक दुर्घटना, २ जनाको मृत्यु

धादिङमा ट्रक दुर्घटना, २ जनाको मृत्यु

  • बुधबार, कार्तिक १७, २०७८
धादिङमा ट्रक दुर्घटना, २ जनाको मृत्यु

दक्षिणी धादिङको धुनीबेंसी नगरपालिका–१ मा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा धुनीबेंसी नगरपालिका–१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य सात जना घाइते छन् । घाइतेमध्ये दुई जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा४ख ५८४८ नंको मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।

चर्चामा

सम्बन्धित समाचार