शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • २४ घण्टामा थप ४६९ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

२४ घण्टामा थप ४६९ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

  • मङ्लबार, कार्तिक १६, २०७८
२४ घण्टामा थप ४६९ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ११ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २८७ जनामा भएको परीक्षणमा ४६९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप ५५५ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १३ हजार ४३३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ६७४ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ९२ हजार ८३२ जना निको भएका छन् भने ११ हजार ४२७ जनाको मृत्यु भएको छ ।

हाल देशभर ९ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार