अहिलेको तिहार!

  • मङ्लबार, कार्तिक १६, २०७८
अहिलेको तिहार!

सुरेशकुमार पान्डे — हामिले प्रवाशमा पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनमा भैलो खेल्दै आएकाछौँ।हामि भैलोलाई संगठानिक रूपमा प्रगतिशिल भैलो खेलेर जनताको घर दैलोमा एकताको शंदेश बोकेर हिंड्दछौँ।यो कार्यामा हामिलाई सकुन मिल्छ।
एक त भैलोको बहानामा आम जनता सम्म हाम्रो सँगठनको प्रचारप्रसार हुन्छ अनि जनताले हाम्रो एकता बाट पनि शिक्षा लिन्छन।हामिले खेल्ने भैलो भनेको जनताको लागिनै हो।भैलो बाट उठेको रकम देशभित्र चलेको जनतान्त्रिक आन्दोलनलाई पनि पठाउँछौ भने हामिले त्यो जनतान्त्रिक आन्दोलनको सुरूवात देश र जनताकै लागि भनेर सञ्चालन गरेकाछौँ।देशमा आमूल परिवर्तन गर्ने हाम्रो उदेश्य पनि हो।भैलो मा प्रगतिशिल बिचार गीत नृत्य बाट जनताको लागि सक्दो मनोरञ्जन पनि हुन्छ र त्यसबाट उठेको रकम तिनै जनताको लागि खर्चिनिन्छ। जनतालाई सचेत र संगठित गर्दै उनिहरूले दिएको योगदानलाई जनता र देशको लागि खर्चिने संगठन हाम्रो मूलप्रवाह अखिल भारत नेपाली एकता समाज प्रवासमा प्रमुख संस्था हो।
त्यसैले हामि भैलो खेलेको रकम लाई ईमानदारि पुर्वक संगठनमा जम्मा गर्छौ।हामिले पहिले बुजुर्वाहरूले भैलो खेलेर मार हान्ने अनि भैलो खेलेका ब्याक्तिहरूले मासु र रक्सि खाने गर्दैनौँ।यो एउटा समाजिक संगठन हो जस्को उदेश्य प्रवाशमा पनि नेपाली हरूलाई एउटै झण्डामा गोलबन्द गरेर आफ्नो हक अधिकारको लागि रक्षा गर्न सकाउँने र समाजमा भयको कुसंस्कारलाई निस्तेज पारेर एउटा प्रगतिशिल समाजको सुत्रपात गर्ने उदेश्यले प्रेरितछ।
यो छुट्टै कुराहो हामिलाई आफ्नो देशमा भन्दा पर्वाशमा भैलो कार्यक्रम खेल्न र खेलाउँन समस्य हुन्छ।हामि आर्काको देशमा भाडाको घरमा वा एउटा क्वाटर लिएर बसेका हुन्छौ,घरमालिकले यँहा खेल्न पाईदैन भन्यो भनेपनि हामि फर्किनु पर्छ।हामिले हाम्रै भाषामा गर्ने कार्यक्रमले गर्दा घरको मालिकहरूले सम्झिंदैनन् त्यसकारण उनिहरूले झिंजो मान्ने पनिगर्छन।उस्तै समझ्दार ब्याक्तिले सबैका आ-आफ्ना परमपरा हुन्छन भनेर खेलौ पनि भन्छन।यि समस्यहरू छँदैछन आर्को लगातार भैलो खेल्ने छुट्टी पनि मिलाउँनु पर्ने हुन्छ त्यति लामू छुट्टि पनि मिलाउँन कठिन हुन्छ।थुप्रै समस्यकाको बाबजुद नेपाली परमपरा अनुसार भारतमा पनि तिन चार दिन भैलो खेल्ने गर्छौल।
हाम्रो भैलो अनुसाशित हुनु पर्छ किन कि एउटा सब्य संगठनले जनतालाई सहि शंदेश दिन सकिन्छ।त्यहि उदेश्यले हामिले एउटा शुन्दर अनुसाशित भैलोको आयोजना गरेर जनताको घर दैलोया जानेगर्छौँ।देश बिदेशमा गत बर्ष देखि कोरोना महामारिले जनता अक्रान्तछन।चारै तर्फ खौफको लहर पनि छ त्यो समस्यलाई पनि ध्यान दिएर जनताको माझमा जानुपर्नेछ।परवासमा तमाम समस्यको बावजुद अहिले पनि बिगतका बर्षहरूमा जस्तै भैलो खेल्ने निर्णय भयकोछ।
हामि भारतमा सन १९५०को शान्ति तथा मैत्रि सन्धिको तहत आउँने जाने गरेका धेरै जसो नेपाली श्रमजीवीहरू तिहार मान्न स्वदेश पनि फिर्ता हुनेगर्छौ।यो बेलामा असमाजिक तत्वहरूले मौका ढुकेर सिमानाहरूमा बस अड्डा रेल स्टेसनमा लुट्न बसेका पनि हुन्छन।तिनिहरू सँगपनि साबधान भयर यात्रा गर्नु पर्छ।कयौँ नेपाली कामदारहरूलाई हामि भारतमा कुन प्रावधान अनुसार आएका हुन्छौ भन्ने बारेमा पनि जानकारि हुँदैन र उनिहरू अकमक्काउँछन।कसैले आधार काड र नेपाली नागरिकता दुबै लिएर हिंडेको बेला त्यसैलाई आधार मानेर आउँदा जाँदा दुःख दिने पैसा खान खोज्ने आदी घटनाहरू घटेका हुन्छन।हामि हिंड्दा यात्रा गर्दा एक्लो भन्दा सँगै हिंड्ने आपसमा एकले आर्काको बचावमा बोल्ने गर्नुपर्छ।कुनै अन्जान ब्याक्तिले दिएको खाने पिउँने कुरा सेवन गर्नु हुँदैन।अनुशाशित र शुरक्षित यात्रा गर्नुपर्छ।
हामि एकता समाजका ब्याक्ति हरूलाई थाहाछ भारतमा बस अड्डामा स्टेसनमा कयौँ नेपाली बोल्नेहरू पनि नेपाली हुँदैनन् ति कतिपय असमाजिक तत्व हुनसक्छन त्यसैले यात्रा गर्दा धेरै साबधानि भयर यात्रा गर्नुपर्छ।भैलो खेल्दा पनि कतिपय नाच्न गाउँन र बजाउँन जानेका पनि संगठनको बिचमा आएर संगठनलाई बद्नाम गर्ने प्रयात्नमा हुन सक्छन त्यसैले आफुले नचिनेको उ नाच्न गाउन र बजाउँन जानेको छ भन्दैमा उसको पुर्ण रूपमा भर पर्नु हुँदैन ति कतिपय आफ्नो फाईदा उठाउँने खालका हुनसक्छन। हाम्रो भैलो अत्यान्तै अनुसाशित र सामाजिक हुन्छ र हुनुपर्छ।हाम्रो उदेश्य भैलो खेल्नु मात्रै होईन जनतामा एकताको राम्रो अनुसाशित शंदेश पुराउँनु पनि हो भनेर बुझ्नु पर्छ।अन्तमा यो २०७८को तिहारको सबैमा हार्दिक मंगलमय शुभ कामना छ।

चर्चामा

सम्बन्धित समाचार