शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • अदुरदर्शियताले उब्जायको समस्या!

अदुरदर्शियताले उब्जायको समस्या!

  • बिहिबार, कार्तिक ११, २०७८
अदुरदर्शियताले उब्जायको समस्या!

सुरेशकुमार पान्डे — अहिले चोलेन्द्र शम्शेरको बिषयलाई लिएर देशभरि हंगामा हुँदैछ।चोलेन्दर शम्शेरलाई अहिले महाभियोग लगाउँने कुराछन।हिंजो यिनि दलहरुको बुद्धि नपलाउदा यो दुरगति हुँनुगयो।यो अदुरदर्शियतकै परिणाम हो भनेर भन्नुपर्छ।
२०७१सालमा जब राजमोका अध्यक्ष का.चित्र बहादुर केसिले घोर बिरोध गरेकाथिए।”जस्ले आफ्नै श्रीमितिको हत्या गरे उन्लाई जेल हुँनुपर्नेमा उसैलाई सर्वोच्च अदालतमा नुयुक्ति गरेपछिको परिणाम केहोला”भन्दै चिच्चाउँदा केसी. अरु दल तैं चुप मै चुप भयका यिनै नेता हुन।बिस बाईस दिन सम्म एमाले र त्तकालिन माओवादी समेतले चित्रबहादुरको घांटि सँग घांटी सटाए,तर एक एक गरेर साथ छोड्दै गए,तर पनि उनि एक्लै भयपनि लडेकै हुन।अहिले पछुताएर के फाईदा?
अहिले देशको अबस्थाले बिदेशी खुब रमाएकाछन।यो चोलेन्दर शम्शेरको मात्रै गलति होईन धेरैजहो हाम्रा राजनीतिक शक्तिहरु जो आफुलाई ठुलो पार्टी भनेर आभिमान र घमण्ड गर्छन ति सबैको उत्तिकै गलतिछ।सांच्चै भन्ने हो भने हाम्रा देशका ठुला भनौदा राजनीति दलहरुको बुद्धी पैतालामुनि हुन्छ जब सम्म उनिहरु टाउकाको बल भुईमा पच्छारिनन् तब सम्म उनिहरूको अक्ल आउँदैन।
यहि ब्यबहार हाम्रो देशमा २००७साल याताको अबस्थालाई नियाल्ने हो भने प्रष्ट हुन्छ।
सात सालको घटना पछि त्रीभुवनले सबै राजनीति पार्टीहरुको बुद्धी भुटेर देशमा तिस बर्ष सम्म राजतन्त्र चलाउन हफल भए। देशमा राजतन्त्र रहिरहयो।अनि २०४६सालपछि पनि राजाले सम्विधान सुधार आयोग नियुक्त गरेपछि कांग्रेस र वाममोर्चा अलमल्लिए त्यो बेला पनि नेकपा मसालले मात्रै सम्बिधान सभाको माग गरेर शंघर्ष गय्रो।२०४७सालको सम्बिधानले घुमाई फिराई एकमात्र वारिस राजालाई गराएको थियो त्यसकारणले त्यो कालो बहुदलहो भनेर २०४८मा भएको आम निर्वाचनलाई बहिस्कार गय्रो।
त्यो बेला मसालको कुरा मानेको भए देशले अग्रगति लिने थियो।तर मसालको कुरा उनिहरुको लागि स्यालहुईया लाग्यो परिणाम माओवादीहरुले २०५२,साल बाट बन्दुक छोपेर सत्रहजार युवा शक्तिहरु मारिए।देशभरि राजा र माओवादीहरुको दोहोरो चपेटमा परेर निर्दोश जनता मारिए।राजाले सत्ता हत्याय र बुहुदलिए ब्यबस्थाको घांटी निमुठ्ने मौका मिल्यो।यो सबै राजनीतिक पार्टीहरुको अदुरदर्शियताले गर्दा उब्जिएको समस्या थियो।कुनै बेलामा पनि देशभित्रका राजनीतिक पार्टीहरुले बुद्धि पुराउँदै पुराएनन्।मात्रै आ-आफ्नो अहेंकारले गर्दा यो देशलाई खरानि पारेकाछन।जति बेला पनि उनिहरुले गलत नीतिलाई पारित गर्ने अनि त्यसैको लागि सरकार गठन र बिघटन गर्ने ब्यबहार चल्दै आएकोछ।
देशमा २०६४मा जुन प्रकारको चोर ढोका बाट संघियता हुलियो त्यो पनि कथित मधेशि दलहरुको दवामा थियो।मधेशि दल त्यो बेला भारतिय ईसारामा आन्दोलित थिए।देशको सम्बिधानमा संघियता सांच्चै चोर ढोकाबाटनै भित्रिएको थियो।त्यो भन्दा पहिले देशका जनताको कुनै कालखण्डमा माग थिएन नारा थिएन एक्कासी त्यो मधेशि बादी गजेन्दर नारायणले उठेका थिए र त्यही संघियतालाई पछि मधेशवादी दलहरुले आफ्नो एजेन्डा बनाएं।संघियता एउटा शड्यन्त्रको तहत भित्रियको हो भन्ने कुरा त पछि चीत्र बहादुर केसी कामरेडलाई आएको धम्कि उन्ले सम्बोधन गर्ने ठाउँमा पड्किएको बम समेतले पुष्टि गरेको थिए।एक मधेश एक प्रदेशको नारा द्वारा देश बाट तराईलाई अलग गर्ने उनिहरुको ठुलो शड्यन्त्र हो।बेला बेलामा देशभक्त र जनतान्त्रीक शक्तिहरुले गरेको शंघर्ष ले गर्दा देशलाई अहिले सम्म जोगाउँन सफल भयकाछौँ।यि कथित ठुला दलहरुको ब्यबहारले त सिङ्गो देशलाई खरानि पार्न थालेकैछन।बिगत एक बर्ष देखि
एमसीसीकै बिषयले गर्दा आज देशलाई यो दुरगतिमा डोराउँदैछ।त्यो एमसीसी जस्ले गर्दा दुई तिहाई बहुमतको सरकारलाई टुक्रा कुक्रामा परिणित गरेर अहिले शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकार बनेकोछ।
एमसीसी फेरिपनि नेपाली जनताको टाउकाको माथि झुण्डिएको तरवार भयोकोछ।
यि सबै कुराहरु राजनीतिक पार्टीहरुले बुद्धि बिवेकले काम नगरेर आफ्नो सरकार जोगाउँन वा सरकार मा जान गरेको बिदेशिहरुको दलालिको परिणामहो।कमिसनमा आन्धा भयर गरेको सम्झौताहरुको परिणामहो।देशभित्र जति पनि राष्ट्रघाति गदम चालिएकाछन ति कथित ठुला पार्टीहरुले आफ्नो कुर्चि बचाउँन वा सरकारमा जान गरिएका कामहरु हुन।टनक पुरको सन्धि बिप्पा सम्झौता जस्ता राष्ट्र घाति सौदा गरेर सरकारलाई बचाउँने यि शड्यन्त्रकारीहरुले मिलेरनै सन २०१७मा एमसीसी मा हश्तक्षर गर्न लगाएका थिए अहिले त्यसैले गर्दा देशको अबस्था तरल भयकोहो।

चर्चामा

सम्बन्धित समाचार