शुक्रबार, जेष्ठ ११, २०८१

गजल !

  • बुधबार, कार्तिक १०, २०७८
गजल !

साम्राज्यवाद समेत तिम्रो खास भए पछि,
कसरी बिस्वास गरौँ तिमि दाश भए पछि।

कसरी चिनौ को दुश्मन अनि कुन मित्रहो,
मिठो बोलि साधुको झैँ लिवास भए पछि।

आर्थिक भौतिक सहयोग गरे जनताहरुले,
आमूल परिवर्तनगर्छौ भन्ने आश भए पछि।

जनता त्यत्तिकै आन्दोलित हुदैनन देशमा,
हुन्छौँ भ्रष्टचारी ब्यबस्थाकै राश भए पछि।

यिनि नेताको चालमा देश जोगिदैन साथि,
दुष्ट बलियो हुनेछन हामि हताश भए पछि।

देशलाई आत्मनिर्भर बनाउँ भन्छौँ हामीले,
कसैले आँखा देखाउँन्न बिकाश भए पछि।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार