शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के कम्युनिष्टहरुले घरबार बनाउँनु हुँदैन!

के कम्युनिष्टहरुले घरबार बनाउँनु हुँदैन!

  • मङ्लबार, कार्तिक ९, २०७८
के कम्युनिष्टहरुले घरबार बनाउँनु हुँदैन!

सुरेशकुमार पान्डे हुन त हामिलाई पनि कति पय साथिले क्लासमा बुजुर्वा डिग्रि च्यातनु पर्छ यो सम्रचना भत्काउँनु पर्छ भनेर धेरै बर्ष पहिले भन्ने साथिहरु आज कता हुनुहुन्छ थाहाछैन।
तर समग्ह्रमा भन्नु पर्दा आजको पुँजीवादी समाजमा अथवा पुँजी प्रधान समाजमा कम्युनिष्टको जनम भयो।कम्युनिष्टको जनम भयको पनि पुँजीवादी ब्यबस्थाले श्रमजीवीहरुको शोशण गरे र आफ्नो हक हितको प्राप्तिका लागि समुहगत रुपमा सोशणको बिरुद्ध गर्ने अनि आफ्नो हक लिनेहो।
१८४८भन्दा पहिले पनि शोशक र शोशित थिए त्यही भ्रष्ट ब्यबस्थाको बिरुद्धमा थोरै पुँजिपति हरुले बहु संख्याक श्रमजीवीहरु माथि अत्याचार गरेकाछन र मानिसहरुले खास गरेर श्रमजीवी बर्गहरूले आफ्नो अधिकारको रक्षाको लागि शंघर्ष गर्ने माध्यायम भन्दै कम्युन समुहको गठन भयो।
त्यो बेला मानव समाजमा आएको यो ठुलो उपलब्दि थियो।जो अहिले पनि संसारभरिका श्रमजीवीहरुको मुक्तिको लागि ऐतिहाशिक सिधान्त यहिनै हो।
कार्ल मार्क्स र फ्रेडरिख एंगेल्शले सारा जीवन खर्चेर गरिब,मज्दुर सबै खाले श्रमजीवी बर्गको हितमा ल्यायको घोषणा पत्र जस्लाई कम्युनिष्ट पार्टी भनिन्छ त्यो एउटा फार्मुला नै थियो।
आफ्नो हक हितको रक्षा गर्ने वा मान्छेको नैसंगिक अधिकार प्राप्त गर्ने औजारको रुपमा कम्युनिष्ट घोषणा पत्र आयो।श्रमजीवीहरुले सबैको हक हितको लागि निस्वार्थ शंघर्ष गर्ने बिचारको बिकास गर्दै जाने उदेश्यले बिचारमा सर्वहारा करण हुनु पर्छ भनियो त्यो सर्वहारा करण भनेको सम्पत्ति फालेर हुने सर्वहारा पनि होईन बैचारिक र रुपमा सर्वहारा हुने कुराहुन भनेर हामिले भन्दै पनि आएकाछौँ।तर हुँदा हुदै आज समाजमा खास गरेर रुसको १९५६को प्रतिक्रान्ति र चीनको१९७६को प्रतिक्रान्तिकारी घटना पछि संसारभरीका कम्युनिष्ट पार्टीहरुमा संसोधनवादी लहरनै चल्यो।अहिले आफुलाई महान क्रान्तिकारी पार्टी वा ब्याक्तिहरु पनि निम्न पुँजीवादी बिचार बाट मुक्त हुन सकेकोछैन,सर्वहारा करण त टाडाको कुराहो।हाम्रो देशमा त कम्युनिष्ट पार्टीको उदयनै निम्न पुँजीवादी जगमा उम्रिएको हो।
अहिले पुँजीको चरम अबस्थामा बिना पैसा पानी समेत पिउँन नपाउँने अबस्थामा कसैले घर बनायो,एउटा पाटो किन्यो भन्दैमा उस्लाई सामन्त भन्न मिल्छ?हामि सबैले आ-आफ्नो छातिमा हात राखेर भनौं के हामिलाई घर चाहिंदैन?हाम्रो घर छैन वा हामिले आ-आफ्ना घर पार्टीलाई बुझाउँन सक्यौँ?निश्चितरुपमा त्यसो गरेकाछैनौँ पार्टीले त्यो आवहान गर्छ भने पार्टीनै छाडेर जान्छौ तर सम्पत्तिलाई पार्टी करण गर्न सक्ने छैनौँ यो बर्तमान मा यथार्थ हालातहो।
हामिले अहिले पनि ईमानदारीले पार्टीलाई एकदिनको तलव तिर्न सकेकाछैनौँ।जीवनभरी पसिना बगाएर ईमानदारी सँग एउटा घर बनाउँला बालबच्चालाई थोरै धेरै पढाउँला तर हामि धनि बन्न सक्दैनौँ।हाम्रो जतिसुकै धनिबन्ने सोंच भयपनि हामि झनपछि झन गरिब बन्दै गयकाछौँ।तर पनि हाम्रो बिचार सर्वहारा करण हुनसकेकोछैन।हामि मध्यका धेरैले त आ-आफ्ना परिवार र छोराछोरीलाई कम्युनिष्ट पार्टी भन्दा अलि पर राखेकाछौँ।उनिहरु मध्य कयौँ बिदेशमा पढेकाछन कयौँले पलाटिङ गर्छन,कयौँ ठेक्का बट्टा गर्छन।
एक कट्ठा जमिन लिन जीवन भरीको कमाईले पनि नसक्ने देखियो।हाम्रो बिचारमा परिवर्तन आउँन सकिन तर पनि हामि त्यही चौबाटोमा आजपनिछौँ।आर्काको गलति मात्रै देख्ने नजरियालाई पालेकाछौँ।एउटाले घर बनायो हामिलाई जलन भयो।हामिले बनायौँ त्यो हाम्रो पौरख वा कला भयो किन?
मानिसहरु सबैलाई घर बार चाहिन्छ बिबहा गरेपछि बालबच्चा हुन्छन उनिहरुको परवरिस गर्नु पर्छ।हामि कम्युनिष्ट हौँ हाम्रो उदेश्य समाजवाद र साम्मेवाद हो हामिले आफ्ना बालखहरुको फिस तिर्दैनौ भनेर कसैले मान्छ?हामि बिमारी भयौँ हाम्रो उपचार फिरिमा गरौ भनेर कसैले गर्छ गर्दैन।त्यहकारणले हामिहरुलाई त्यो सबथोक चाहिन्छ जो एकजना साधारण मान्छेलाई आबस्याकता पर्छ।फेरि हामिले कसैले के बनायो के बनाउँदैछ भन्नु भन्दा उसले गरेको समाज र देशलाई राम्रो काम र उ बाट भयको नोक्सानको बारेमा छलफल गरौँ सक्छौ भने हामिले राम्रो देश र जनताको हितमा काम गरौँ सक्दैनौ भने बिरोधको लागि बिरोध पनि नगरौँ।
हिंजो बितेका कयौँ ब्यबहार बाट शिक्षा लिंदै बर्तमानमा बनाएको योजनाले भबिस्य लाई टार्गेट बनाउँन ठोंश परिस्थितिको मुल्यांकन गरेर योजना बनाउँ।’भन्निन्छ नयाँ नया जोगिले बढि खरानि घस्छ अरे’त्यही भयर आफुलाई क्रान्तिकारी भन्ने मित्रहरुले कसैले घरबनायो भने उसको उपहाश गर्ने,कसैले कसैलाई सार्कि भन्यो वा कामि भन्यो भने जातिलाई उजगार गय्रो भनेर स्वर माचाहुँनु हुन्छ।मित्र कुनै पनि जातियको अपमान गर्नु गलतहो तर बाहुनलाई बाहुन मगरलाई मगर र सार्किलाई सार्कि भन्नुलाई गलत मानिदैन।आ-आफ्ना जातिमा सबैलाई गर्व हुनुपर्छ।जातिय आधारमा कसैले अपशब्द बोल्छ खसालेर बोल्छ भनेमात्र त्यसलाई गलत भन्न मिल्छ।हामिले सुनिरहेका हुन्छौ अहिले आफ्नो जातिलाई बदलेर कयौँले नागरिकता बनाएकाछन।बरु त्यो गलतहो आफु शंघर्ष गर्न नसकेर जातिनै परिवर्तन गर्ने बिचारलाई सहि भन्न सकिदैन।जुन सुकै जातिलाई पनि आफ्नो जातिमा गर्व हुनुपर्छ र मात्र सम्मान मिल्छ।कसैले कसैलाई ठगेर शोशण गरेर घर बनाएकोछ जमिन किनेकोछ भने प्रमाण सहित प्रस्तुत गर्नुपर्छ।
हामि जति सुकै क्रान्तिकारी भयपनि घर बार नभयका छैनौँ।बरू भन्नै प्रने कुरा के भने क्रान्तिकारी आधारभुत बर्गले क्रान्तिको बागडोर छोप्न सकेको अबस्था छैन।अंझै पनि त्यो लगाम निम्न पुलजिवादीहरुको हातमानै निहितछ।त्यो सर्वहारा बर्ग अँझै कोसौँ टाडाछ भनेर बुझ्नु पर्छ।पार्टी संगठनमा मानिसहरुको सधै खाँचो रहिरहन्छ चाहे क्रान्तिकारी आन्दोलनमा हौश वा चुनावी दलदला जँहा भयपनि पार्टी काडरको उत्तिकै महत्व हुन्छ।हामि सबै गरिब श्रमजीवीहरुको गनतब्य पनि एउटै हो त्यसैले गर्दा पनि हामि एउटै सन्तान एउटै बर्गका मान्छे हौँ र हाम्रो एकताले मात्र हाम्रो सङ्कट समाधान हुनेछ।अहिले हामिले एकले आर्कालाई अपमान गर्नु भनेको आफु कम्जोर हुनुहो भन्नेकुरालाई आत्मासाथ गरेर एक आर्कालाई सम्मान गरौँ र सम्मान गर्नै पर्छ भन्ने मलाई लाग्छ।

चर्चामा

सम्बन्धित समाचार