शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सथि हो हामि सबैलाई बस्ने बास चाहिन्छ,

सथि हो हामि सबैलाई बस्ने बास चाहिन्छ,

  • सोमवार, कार्तिक ८, २०७८
सथि हो हामि सबैलाई बस्ने बास चाहिन्छ,

सथि हो हामि सबैलाई बस्ने बास चाहिन्छ,
मान्छे भएर जन्मेपछि खाने गास चाहिन्छ।

नीतिको बिरोध गरौ र भण्डाफोर गरौ सके,
ब्यबहार बिचारमा तालमेल खास चाहिन्छ।

पुँजि प्रधान समाजमा हुन्न बिना पैसा केही,
धनको बिरोध गर्न नि धनकै रास चाहिन्छ।

कसै कसैलाई त समाजवाद आएको होला,
तर यँहा बाँच्नलाई पनि धन पास चाहिन्छ।

क्रान्ति र क्रान्ति भनेर मात्रै क्रान्ति नहोला,
आमूल परिवर्तन गर्न पनि स्वाश चाहिन्छ।

भर्खर कोहि सर्वहारा छैन पाटो पनि होला,
भाराङ्ग र भुरुङ्गलाई पनि निकास चाहिन्छ।
सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार