• होमपेज
  • समाचार
  • भालुको आक्रमणबाट मृत्यु

भालुको आक्रमणबाट मृत्यु

  • आइतवार, कार्तिक ७, २०७८
भालुको आक्रमणबाट मृत्यु

जुम्ला — तातोपानी गाउँपालिका-४ गाणापारी सामुदायिक बनमा जंगली भालुको आक्रमणबाट सोही बनकी चौकीदार तातोपानी गाउँपालिका-५ लाम्रा बस्ने ४८ वर्षीया रुद्रा डाँगीको शनिबार साँझ मृत्यु भएको छ । भालुको आक्रमणबाट गम्भीर घाइते भएकी उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार