मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • घरमै पुगेर जुकाको औषधी खुवाइयो

घरमै पुगेर जुकाको औषधी खुवाइयो

  • आइतवार, कार्तिक ७, २०७८
घरमै पुगेर जुकाको औषधी खुवाइयो

बाजुरा — जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका बिद्यालयमा पढ्ने बालबालिकाहरुलाई जुकाको औषधी खुवाईएको छ । आईडिएस नेपालको नियमित कार्यक्रम अन्तरगत खप्तड छेडेदह गाउँपालिकाका बालबालिकाहरुलाई जुकाको औषधी खुवाईएको आइडिएस नेपाल खप्तड छेडेदह गाउँपालिकाकी सामाजिक परिचालक रुपा बुढाले जानकारी दिएकी छन ।
यस अघिका दिनहरुमा बिद्यालयमा नै गएर ५ बर्ष मुनीका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउदै आएकोमा यस पटक दशै र तिहारको बिदा भएकोले बिद्यालय सेवा क्षेत्रका बालबालिकाहरुलाई गाउँघरमै पुगेर महिला स्वास्थ्य स्यम सेबिकाहरुलाई औषधी खुवाइएको सामाजिक परिचालक बुढाले जानकारी दिएकी छन ।
दशैको समय भएकोले यहि ७ र ८ गते भिटामिन ए तथा जुकाको औषधी खुवाउन कुर्पेकोट आधारभुत बिद्यालयका सेवा क्षेत्रमा सहजीकरण समेत गरेको बुढाले बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार