बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मौसममा सुधार आएपछि तेस्रो छेडेदह कप बिहिबारबाट सुरु

मौसममा सुधार आएपछि तेस्रो छेडेदह कप बिहिबारबाट सुरु

  • बिहिबार, कार्तिक ४, २०७८
मौसममा सुधार आएपछि तेस्रो छेडेदह कप बिहिबारबाट सुरु

बाजुरा — छेडेदह स्पोर्टस् क्लबद्धारा जिल्लाकै ठुलो धनराशीको तेस्रो छेडेदह कप फुटवल प्रतियोगिता मौसम खराबीका कारण चार दिन पछि बिहीबारबाट सुरु भएको छ । छेडेदह गाउपालिका ७ आटिचौरको दशरथ माबिको खेल मैदानमा कार्तिक १ गते देखी सन्चालन हुने भनिएको फुटवल मौसम खराबीका कारण कार्तिक ४ गतेबाट संचालन भएकोआयोजकले जानकारी दिएको छ ।
लगातारको अबिरल बर्षाका कारण खेलाडीहरू बाटोमै अलपत्र परेकोले कार्तिक ४ गते मौसमा सुधार आएपछि खेल सुरु गरीएको क्लवले जनाएको छ ।
बाजुरा जिल्लाको सबै भन्दा ठुलो धनराशीको प्रतियोगितका लागि २० टिमले भाग लिएको आयोजकले जनाएको छ ।
“हरेक वर्षको दशै तिहार बिषेश खेल पर्व, खेल क्षेत्रको विकास र ‘प्रर्वद्धन हाम्रो गर्व’ भन्ने मुल नाराका साथ भव्य रुपमा तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता संचालन हुने खेल मौसमका कारण चार दिन प्रभाबित हुदा अपेक्षा दर्ता भएका टिमहरुले समेत सहभागि जनाउन नसेको बताईएको छ ।

फुटबल प्रतियोगितामा विजेतालाई २ लाख २२ हजार २ सय २२ नगद सहीत मेडल ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ । भने उपविजेतालाई १ लाख ११ हजार १ सय ११ नगद सहीत मेडल ट्रफि सहीत प्रमाण पत्र प्रदान गरिने र खेलमा उत्कृष्ष्ट खेलाडी, उदय मान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सार्वाधिक गोल कतौलाई पुरस्कार सहीत मेडल र प्रमाण–पत्र प्रदान गरिने छेडेदह स्पोर्टस् क्लबका सदस्य विशाल ओलीले बताएका छन् ।
प्रतियोगिताको उद्घाटन संबिधान सभा सदस्य तथा नेपाली काँग्रेशका महासमिति सदस्य महा नेपाली गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलको बिशिष्ट अतिनि नेकपा एमालेका नेता लालबहादुर ओली, यूवा सघको केन्द्रिय सचिब गणेश थापाले लगाएत रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार