शुक्रबार, चैत्र १६, २०८०

बलि प्रथा

  • शनिबार, अशोज ३०, २०७८
बलि प्रथा

 

जनक बि सि (भारत)

मठ मन्दिर स्थापना हुँदै जादा देवता भगवान कल्पना गरि रहदा देवता खुसि राख्न ल्याईए बलि प्रथा ।

देवता भगवान् छन छैनन् छन भनेर ब्यवहारिक ठाेकुवा गरेनन् कसैले प्रमाणिकरण र त कल्पना मै ल्याईए बलि प्रथा ।

देवता भगवानकाे माग नै हाेईन भक्कल गरेर हामी याे वा त्यो दिन्छौं भनेर काला बाेका,राता बाेका काटेर रक्त दान दिने प्रचलनमा ल्याईए बलि प्रथा ।

संसार मै कहि कतै बलि प्रथाहरु छैनन् थिए त जसलाई अपराध घाेषित गरि फ्याँकि छाेडि दिए र अन्त्य गरिए बलि प्रथा ।

समाज कहाँ छ हाम्रो मानव चिन्तन कहाँ छ हामी कुन युगलाई प्रतिनिधित्व गरिरहेका छाै तर छाेडनै सकिएन बलि प्रथा ।

देवता देवत्व भगवानहरु त कल्पनाका सागरमा ल्याईएका “अफिम” हरु हुन
वास्तविक समाज निर्माण त अपराधीक बलि प्रथा छाेडि देऊ त ।

चर्चामा

सम्बन्धित समाचार