शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सडक दुर्घट्नाले उब्जाएको बिचार!

सडक दुर्घट्नाले उब्जाएको बिचार!

  • शनिबार, अशोज ३०, २०७८
सडक दुर्घट्नाले उब्जाएको बिचार!
             सुरेशकुमार पान्डे

अहिले दंशैको मुखमा फेरी मुगुमा ठुलो सडक दुर्घट्ना भयकोछ।त्यँहा मर्नेहरु करिब तिन दर्जन पुगिसकेकाछन। कयौं घायल छन सरकार मुख दर्शक बनेकोछ।तर पनि
अहिले हामिले कुनै सरकारलाई कोस्ने सराप्ने वा एसैमा आफ्नो राजनीति रोटी सेक्ने गरेर आफ्नो जिम्मेवारी पुरा गरौँला।मर्नेहरु मरे घाईतेको जनतन उपचार होला यावत कुराहरुले अहिले बजार बनाएकोछ।तर यि र यस्ता घट्नाहरु एउटा प्रतिनिधि मुलुक घटना मात्रैहुन।यस्ता घटना पहिलेपनि कयौं भयो र हुँदै आएकोछ।मर्नेहरु मरेर गए अलि दिन परिवार आफन्तिहरु सोकमा डुब्छन।अहिले रुवाबाशछ,जस्लाई परेको हुन्छ उसैलाई थाहा हुन्छ।आखिर बाँचेकाले यसबाट कहिले शिक्षा लिने यो सवाल प्रमुख रुपमा तेर्छिएकोछ।यँहा सरकार मात्रै दोशिछ हामि छैनौँ भन्नपनि मिल्दैन।हाम्रो पनि केहिजिम्मेवारी हुन्छ।
यो दुर्घटना कसको गलतिले भयो त्यो बसवालाको वा बस्ने मान्छेको वा फेरी प्रसाशनको ड्राईबरको यि छान बिनका बिषय बन्न सक्छन।तर एउटा कुरा भने प्रस्टछ।
सरकारले अहिले सम्म सडकको हालत सुधार्न नसक्नु,र पारवहनको नियम बनाउन नसक्नु दुर्घटनाका पहिलो कारण हुन।एका तिर अपठ्यारो बाटो आर्को तिर थोंत्रा बस,अनि त्यो बस मा अटाउँने भन्दा दौबर सवारी।अटाउँने भनेको सिट लाई लिन सकिन्छ।सिट भन्दा दुईगुना बढि सवारीहरु बशले बसालेको हुन्छ।यो सबैलाई थाहाछ नेपालमा बसहरुको लुटमार अत्यान्तै बडेर गयकोछ।यस्तो किन हुन्छ?पहिलो बसको यातायात ब्यबसाय सरकारको नियन्त्रणमा छैन।
प्राईबेट बसहरु जसले कति जाना सवारी बसालेकाछन त्यसबारे सरकार सँग कुनै लेखो-जोखो छैन।असलमा सवारी लाई टिकटनै दिंदैनन् पैसा उठाए बसाले।भाडा निर्धारितछैन।मनमर्जिले किराया अशुल्छन अनि सवारीलाई भेंडा बाख्रालाई जस्तै कोचेर लान्छन।बस खस्दा कति मरे थाहाहुँदैन चलाक परिचलाक सँग किराया बाहेक अरु कुनै प्रुफनै छैन।
कम्तिमा सिट भन्दा बढि सवारी न लाद्ने,टिकट काटेर मात्र बसाल्ने र टिकट यात्रुको हातमा दिने।र यात्रुको बिमाको ब्यबस्था स्वयम बस ब्यबसायले गर्ने।आदि आधारभुत काम पनि सरकारले यातायात बिभागलाई गराउँन सकेकोछैन।
सडक कहिंको पनि पाहाडि भेगमा ठिकछैन झन बर्षाको याममा त पुरै खराब हुन्छन।कम्तिमा यसबारे सरकारको ध्यान जानुपर्छ।कसरि पारवाहनलाई ब्यबस्थित गर्ने बारे सरकार सदैभरी मौन बस्यो।सरकारका मन्त्रीहरुलाई सरकारले हेलिकप्टर मा यात्रा गर्न बन्द गराएर बसमा यात्रा गर्न अनिवार्य गराउलनु पर्छ।यिनिहरुलाई आफ्नो देशको सडक कस्तोछ भन्नेबारे तबमात्र जानकारी हुनेछ।सरकारी खर्चमा हवाई याता यात मन्त्रीहरुको लागि बन्देज गर्नु समयको माग भयकोछ।
अहिले गठबन्दन सरकारलाई सराप्ने गालि गर्ने वा सारा जिम्मेवरी उसैलाई लगाउँने भनेको आकास तिर थुक्ने जस्तै पनि हो।किनभने भर्खर सरकार सम्हालेको लाई भन्नु भन्दा बिगतको ओलि सरकारले त्यतिधेर समय सम्म सरकार चलाए दुई तिहाको बहुमत थियो तरपनि सडकको मरमत गर्न सकेनन्।त्यो भन्दा पनि यातायात ब्यबसायलाई सुदृढ र ब्यबस्थित गर्न नसक्दाको परिणाम हो।
सडक अहिले भर्खर बनाएर बन्दैन यसलाई लामो समय र बचेटको योजना बनाउँनुपर्छ।तर उनिहरुले सडकको बारेमा र यातायात ब्यबसायको बारेमा ठोंश नियम कानून बनाउन नसक्नाले वहानहरुको मनोमानि भयकोछ।उनिहरुको मनोमानिको रिजल्ट हामि सबैको सामुन्यछ।
अहिले बनेको गठबन्धन सरकारको त घाईते भयकालाई यथास्रिध उपचार गराउँने र मरेकाहरुको हकमा क्षतिपुर्तिको तत्काल ब्यबस्था गर्ने हुनुपर्छ।र यस दुर्घटनालाई निश्पक्षिय छानबिन गरेर दोशिलाई सक्त सजाए दिने हुनुपर्छ।साथै आईन्दा यस्ता दुर्घटनाहरु नद्वौरिनका लागि कुनै ठोंश योजना बनाएर जाने अहिलेको सरकारको जिम्मेवारी हो र हुनुपर्छ।मुगुमा घटेको यो घटना भन्दा पहिलेपनि कयौं यस्ता घटनाहरु घटेकाछन।यो घटनामा परेका पिडितहरुलाई सरकारले क्षयति पुर्ति दिनैपर्छ।साथै यसता बसमालिकलाई सक्त कार्वाही गर्नुपर्छ।जसले यतिधेरै मानिसहरुको ज्यान लिएकोछ।यसमा सवारी धेरै थिए भन्नेकुरा तस्विर आफैले पनि बताएकोछ।मेरो बिचारमा यो दुर्घटनाको निशपक्षिय उच्च आयोग द्वारा जाँच पड्ताल गरेर दोशिलाई कठोर सजाय सुनाउँनुपर्छ

चर्चामा

सम्बन्धित समाचार