मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जस्ले पनि गरिब को नाउँमा राजनीति गर्छन,

जस्ले पनि गरिब को नाउँमा राजनीति गर्छन,

  • बुधबार, अशोज २७, २०७८
जस्ले पनि गरिब को नाउँमा राजनीति गर्छन,

जस्ले पनि गरिब को नाउँमा राजनीति गर्छन,
नीजी स्वार्थमा सहर गाउँमा राजनीति गर्छन।

श्रमजीवीहरुकै पशिनामा मौल तौत गर्दा गर्दै,
स्वार्थ पुरागर्न त ठाउठाउँमा राजनीति गर्छन।

छैनन् सडक गतिला दुर्घट्नाले निर्दोश माय्रो,
मिल्छन जोगाउँछन भाउमा राजनीति गर्छन।

जार र हिट्लरको बिरोध गरेपनि ब्यबहार मा,
उनिजस्तै बन्न उनैको पाउँमा राजनीति गर्छन।

कोई कसैको छैन जनता भ्रममा कत्ति नपरौँ,
हरकसैले मै लाउँ मै खाउँमा राजनीति गर्छन।

निस्वार्थ राजनीति अब कोईराको काग भयो,
मुर्दाको कात्रो चोरने दाउँमा राजनीति गर्छन।
सुरेशकुमार पान्डे ।

चर्चामा

सम्बन्धित समाचार