शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • ठग गिरोहो!लघुकथा!

ठग गिरोहो!लघुकथा!

  • बुधबार, अशोज २७, २०७८
ठग गिरोहो!लघुकथा!

सुरेशकुमार पान्डे — यार बर्ष भरि खालि बसियो कमाई कत्तिछैन!टुक्के।झिल्केले आफ्नो साथि सँग भन्छ।अहिले धन कमाउने मौकाछ झिल्के!होर?टुक्केको कुरा सुन्दै उत्ताउलो पाराले हर्ष ब्याक्त गर्छ!झिल्केले।
यि दुबै ठगेर डाँडेर चोरेर जेपाओ त्यहि काम गर्दै जीवन धानेका थिए।उनिहरुको परिश्रम बाट धेरैको धन्दा चलेको थियो पोलिसले पनि उनै बाट कमाई गर्थे।
यिनिहरु अंग्रेजि,नेपाली र हिन्दि लगायतका अन्य क्षत्रीय भाषाहरु पनि बोल्न सक्थे।कसैको निदारमा यो ठग चोर ढाँट भनेर त लेखिदैन।मानिसलाई एकैछिनमा आकारसित गर्न सक्ने क्षामता भयका यि दुई टुक्के र झिल्केले आफ्नो वास्तिबक नाम ठेकाना भन्दैनथे तर अरुको छिट्टै टिप्ने गर्थे।
दंशै तिहार आएको त छ नि किन निरास हुन्छस?यहि मौका छोपेर हिंडौ कमाई नगरेर के खाने?भन्दै टुक्के ले अबको योजना भन्छ।
यज्ञ र लाले दंशै मान्न भनेर समान प्याक गरेर निस्किएका थिए।दिल्लिको स्टेसनमा टिकट काटेर बसेका थिए साथिहरु धेरै भयकोले उनिहरुलाई समान हेरदेख गर्न भनेर यज्ञ र लाले स्टेसनको भाईर निस्किए घुमन गाडी रातिको नौं बजे बल्ल थियो।टिकट बुक गरेका ढुक्कै थिए।उनिहरु कसैले सामान हर्ने कोई घुम्ने क्रम थियो।
घुम्दै घुम्दै उनिहरु सिला सिनेमा घर पुगे।अनि फर्किंदै थिए ए दाई!अचानक पछाडि बाट आवाज आयो,फर्केर हेर्दा एकजना नेपाली ढाका टोपी लगाएको एउटा राम्रो झोला भिरेको ब्याक्तिले ठिङ्ग उभियको देखे।हजूर हरुलाई नेपाली जस्तै मानेर बोलाएको!उस्ले भन्यो।हौं नि हामि पनि नेपाली बरु हजूरको घर कँहा होनी?यज्ञले सोधे।म पनि नेपाल गञ्ज सम्म जानेहुँ।उस्ले भन्यो।देख्दा ठुलै घरको मानिस लाग्थ्यो।
एकछिन एक आर्काको परिचय आधान प्रदान भयो।अनि यँहा किन उभिनु भयकोछ त?यज्ञले सोधे?अब केभनु हजूरलाई म यँहा एकजना साथिलाई पर्खेर बसेकोछुँ त्यो आउँदैछ!को साथिहुन एकजना गाउँले हुन सुनारको दोकानमा काम गर्छन।त्यँहा होल सेलमा सुन आउँछ उन्ले त्यो जिप्टाउँन पाए भने सस्तो दिन्छन।मैले कयौं चोटी लंगे यसरि!उस्ले भन्यो।हौश तपाई हरु जानुस म फेरी आउँला भन्दै फोन गर्न थाल्छ।हैलो अनि केभयो काम? अलि छिट्टै आउन!भन्दै फोन काट्छ।
यज्ञले मनै मन सोंच्छ अलि कति सुन मिले लैजान हुनेथ्यो।गयरपनि भाईको बिहे गराउँनुछ किन्नै पर्छ”ए भाई हरुपनि मिल्छहोला सुन सस्तो?अडर दिनुपर्छ फेरी पनि आयो भने सोंधौंला के भन्छ हुन्न?हुन्छ नि किन नहुँने।
कुरा गर्दा गर्दै आई पुग्छ।लैजानुस भन्दै सुन का दुईवटा बिस्कुट त्यसलाई दिन्छ र फर्किंन खोज्छ!यह सुन त सुन त अरुपनि ल्यारैछस त्यो पनि देल मलाई!त्यो टोपि लगाकोले भन्छ।हुँदैन यो कसैलाई दिनेहो हजूरलाई फेरि ल्याउँला हुन्न?हुँदैन यि मेरा सँग लाई चाहिएकोछ।होर?यँहाहरु लाई कति चाहिएकोछ?हजूर एक तोला भए पुगिहाल्छ।होईन मेरो कुरा सुन्नु भाई तंपाई हरुले यो तिन तोला लैजाने हो भने म त्यो ब्याक्ति हुनि जाँदैन।दुई तोला को रकमले तिन तोला सुन किन्न सक्नु हुन्छ।भन्दै उस्ले भन्छ।
गर्दा गर्दै लाले र आफु भएर दुई तोला सुनको पैसामा तिन तोला सुन किन्छन।अनि डेढ्/डेढ् तोला बाँट्ने भनेर उनिहरु लाग्छन।
सुन्नुस है यसबारेमा कसैलाई नभन्नुहोला कतैबाट मालिकको कानमा कुरा पुग्यो भने मेरो नोकरि त जान्छ जेल समेत हुनसक्छ!उस्ले भन्छ।हौश हामिले कसै सँग भन्दैनौ किन भनौला भन्दै उनिहरु त्यँहा बाट निस्किन्छन।
टुक्के र झिल्केले भर्खर दुई जनाको सिखार गर्न सफल भएका थिए।
यि दुबै जना एउटा झिल्के ठ्याक्कै बाटोमा भेट्टिनु र टुक्केले सुन लिएर आउँनु मात्र सञ्जोग थिएन।उनिहरुले यज्ञा र लालु लाई स्टेसन बाट पिछा गर्दै आएकाथिए।
यज्ञा र लालुले घर पुगेर मात्र आफ्नो ठगिएको कुरा सुनको जव बिभाजन गर्न सुनारको दोकानमा पुगे त्यसपछि मात्रै जानकारी भयो।
आदरणिय पाठक बर्ग यो कथा काल्पनिक हो यसमा प्रयोग गरिएका नामहरु काल्पनिकहुन।कसैको निजि जिवन सँग मेल खायो भने नामहरु मिल्न गयो भने मात्र सञ्जोग हुनेछ।कथा जनहितमा जारी भयकोले सक्दो सेर गरेर आई पर्ने यस्ता घटना बाट आफु जोगिन र अरकालाई जोगाउँन मद्त गर्नु होला।

चर्चामा

सम्बन्धित समाचार