शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • प्रवाशी नेपालीहरु सचेत हौं!

प्रवाशी नेपालीहरु सचेत हौं!

  • सोमवार, अशोज २५, २०७८
प्रवाशी नेपालीहरु सचेत हौं!

सुरेशकुमार पान्डे।
अहिले मेला पर्व दंशै तिहारको बेलामा हामि बिदा लिएर परदेश देखुन दंशै तिहार मनाउँन भनि स्वदेश फर्किने साथिहरु अत्यान्तै सचेत र सके सम्म यात्रामा संगठित भयर हिंड्नुहोला।
कयौं ठाउ बाट अप्राधीहरु द्वारा यात्रुहरु लुटिएको घटनाहरु दिनौदिन सुन्दै आएकाछौँ समाचारहरुमा।त्यसैले मेला पर्वमा बिदेश बाट खास गरेर भारत बाट नेपाल भित्रिने कर्ममा सचेत हुनुपर्ने देखिन्छ।
नेपाल भारतको शान्ति तथा मैत्रि सन्धि अनुसार परिश्रम गर्न आएका तमाम श्रमजीवीहरुले आफ्नो खयला आफै राख्नु पर्दछ।किनकी हाम्रो लागि न त छिमेकी बोल्छ न हाम्रो देशको कटपीतलि सरकार बोल्छ।जहिले पनि हामिले आफ्नै परकारको आपसमा एकता बनाएर आउँने,र भई परिआएका समस्या सँग शंघर्ष गर्दै आएको ईतिहाश सर्वबिदित्तनैछ।
बितेका कयौं बर्षहरुमा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नै पहलमा कयौँ सिमानाहरुमा जुलुस गर्ने मुख्य मन्त्री राज्यपालहरुलाई ज्ञापन दिंने कामहरुले काफि हद सम्म अप्राधका घटनाहरु रोक्न काफि मद्त मिलेको थियो।
बौडरहरुमा हुने त्यसता खाले शंघर्षले गर्दा नेपालीहरु लाई झ्यास्सै अप्राधीहरुले हात पात गर्न हिम्मत हुँदैनथ्यो तर यि अप्राधिहरुको अहिले बिगत केहि बर्ष यता हामिले लोक डाउँन आदीका कारणले सिमानाहरुमा नियमित जुलुश गर्नसकेनौँ परिणाम अहिले पनि फेरी प्रसाशनको मिलिभगतमा कयौं यस्ता घटनाहरु घटाएकाछन।
हाम्रो कम्जोरीको फाईदा अप्राधिहरु गुण्डा डाँकाहरुले उठाउँने गर्दछन।
अहिले त्यहि भैरहेको पनि बिभिन्न मिडिया र समाचरहरुमा आएकाछन।हामि संगठित भए आफ्नै लागि हो संगठन बलियो हुनु भनेको हामि सबैको लागिहो।जसले समाजमा बढेको अप्राध लाई रोक्न सक्यासम्म बल मिल्छ।
हाम्रो अनेकताले उनिहरुलाई फाईदा पुगेको हुन्छ।हामि जँहा छौ जस्तो अबस्थामा छौं संगठित भएर रहनु समयको माग पनिहो।एक्ला एक्लै हामिले शंघर्ष गरेर जीत हासिल गर्न सक्दैनौ त्यसैले पनि जुनसुकै लडाईको लागि पनि हाम्रो बिचमा एकताको सदै खांचो रहिरहनेछ।
आफुले नचिनेको ब्याक्ति सँग अलि टाडा रहने हिंड्डुल गर्दा साबधानि बर्तने,कोही अञ्जान ब्याक्तिले दिएको कुनैपनि चिज नखाने न पिउँने।यात्राको द्वौरान मदिरा जन्य बस्तुको सेवन नगर्ने बिचारलाई बुझेर मात्र कुरा गर्ने बानि बसालौं।
हाम्रो सचेतनले हामिलाई सुरक्षित रख्न र माजिक अप्राधलाई रोक्न मद्त मिल्छ।
दंशै तिहार लाई हाम्रो नेपाली तथा हिंन्दु समाजले धार्मिक पर्वको रुपमा बुझेकोछ।तर यसैलाई हतियार बनाएर कयौं अप्राधी गतिबिधि हुँदै आएको पनि हामिले देखेकाछौँ।धार्मिक गतिबिधिमा झ्यस्सै जनताहरुलाई अलमलाउँन क्ने भएकोले धेरै जसो अप्राधीहरुले आफ्नो स्वार्थलाई यहि धर्मको आड्मा पुरा गरेका पनि हुन्छन।हाम्रो रक्षा गर्न हामि आफै सक्रिय भएर लाग्नु पर्छ।हाम्रो रक्षा सुरक्षा गर्न कुनै आउँदैन।ति धर्म शास्त्रहरुमा लेखेको जस्तो आजको अबस्थाछैन।
हामिले देखेकाछौँ भुक्त भोगिछौं हाम्रै बिच बाट नौलो जनवादि क्रान्ति गर्न भन्दै हजारौँ हजार युवाहरुको हत्यारा हमेतलाई कुनै तेस्रो शक्तिले तं पापिहौश भनेर सजाए दिएकोछैन बरु उनैको देशमा हालि मुहालीछ।अहिले यो प्राकृतिक समाजमा हामि जहिले सम्म शक्तिसालि भएर मात्र सुरक्षित रहन सक्छौ त्यो शक्ति तबसम्म रहन्छ हामि एक ढिक्का भएर शंघर्ष गर्ने आंट राख्छौँ।
आज देशभित्रको अबस्था पनि तरल र जटिलछ, महंगिले आकास छोएकोछ।त्यसैले पनि खर्चिलो पर्व कसैले नमनाउँ।
मेला पर्व हाम्रो समाजको गहना भयपनि सधैका दिन एकैनासका हुँदैनन्।त्यसकारण कसैको खुसिमा अप्रोध र कसैको दुःखमा वाधा उत्पन्न नगरिकन जँहा जेहम्बभ हुन्छ त्यहि अनुसार मेला पर्वलाई मनाउँनुपर्छ।अहिलेको अबस्था स्वाउँदो अनुसाशित र प्रगतिसिल प्रकारको दंशै तिहार मनाउँनुहोला।
हामिले यो छोंटो लेख लेखेर पोष्ट गर्नुको मुख्य कारण बिदेश स्थित नेपाली श्रमजीवीहरुलाई सचेत र संगठित रहन जनचेतना जगाउँने उदेश्यले मात्र केहि शब्द ओर्लाएकोछुँ।दंशै तिहार को यो मेला पर्वले सबैको घरमा खुसिछावश सबै हामि सुरझित रहौं यही शुभ कामनाछ।

चर्चामा

सम्बन्धित समाचार