मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाचार
  • १० हजार रकम घुस लिँदै गर्दा वडा अध्यक्ष पक्राउ

१० हजार रकम घुस लिँदै गर्दा वडा अध्यक्ष पक्राउ

  • सोमवार, अशोज २५, २०७८
१० हजार रकम घुस लिँदै गर्दा वडा अध्यक्ष पक्राउ

काठमाडौँ — १० हजार रकम घुस लिँदै गर्दा एक वडा अध्यक्ष पक्राउ परेका छन्। महोत्तरीको मटिहानी नगरपालिका -५ का वड़ा अध्यक्ष राम बहादुर महतो र उनकै वड़ामा कार्यरत एकजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले पक्राउ गरेको हो।

वडा अध्यक्षलाई एक सेवाग्राहीबाट जन्मदर्ताको विषयमा १० हजार रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार कार्यालय बर्दिबासले जनाएको छ । उनले १५ हजार रकम माग गरेकामा सेवाग्राहीबाट ५ हजार पहिले नै लिएको बताइएको छ। पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि अख्तियार कार्यालय बर्दिबास लगिएको छ।

चर्चामा

सम्बन्धित समाचार