शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • लागुऔषधसहित तीन युवक पक्राउ

लागुऔषधसहित तीन युवक पक्राउ

  • आइतवार, अशोज २४, २०७८
लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौँ — प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी खिरौना र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले आज सिरहा नगरपालिका–१५ बुधौरास्थित दशगजाबाट लागुऔषधसहित सिरहा नगरपालिका–२१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका–९ का १९ वर्षीय निकित कुमारलाई पक्राउ गरेको हो ।

बिआर३२एजी ५५११ नंको मोटरसाइकलमा सवार तीनै जनालाई जाँच गर्दा नाइट्रोभेट नामक लेखिएको १० पत्ता (३०० ट्याबलेट) लागुऔषध बरामद भएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार