शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

  • बिहिबार, अशोज २१, २०७८
कस्तो रहनेछ आजको मौसम ?

हाल भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साँझ देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार