शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जब सरकारी नेता नै बिदेशी का खास भयो,

जब सरकारी नेता नै बिदेशी का खास भयो,

  • बुधबार, अशोज २०, २०७८
जब सरकारी नेता नै बिदेशी का खास भयो,

जब सरकारी नेता नै बिदेशी का खास भयो,
हाम्रो देश भित्रको ब्यबस्थानै बकवास भयो।

जुन आउँछ सरकारको सांड राष्ट्रघाती गर्छन,
हो त्यो भएर त देश भित्र जनता उदाश भयो।

असमान सन्धि सम्झौता गरेपछि के रह्यो भन,
नेतामा चयन नगरिक लाई दुःखको राश भयो।

जुरमुराउँदै थिए जनता आमूल परिवर्तन गर्न,
प्रतिकृयवादी शड्यन्त्रमा त्यो नी बतास भयो।

प्रत्येक मानव लाई पुँजीवादले रोबट बनाउँदा,
अब मान्छे भित्रको मानवता ज्युँदै लाश भयो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार