शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • रिक्सावाला!लघुकथा!

रिक्सावाला!लघुकथा!

  • सोमवार, अशोज १८, २०७८
रिक्सावाला!लघुकथा!

सुरेशकुमार पान्डे — बिक्रम आफ्नो रिक्सामा बसेर उंघि रहेको हुन्छ।रातभरी रेलको स्टेहनमा सवारी कुर्दै बसेको अनिदो भयर होला उस्लाई निद्राले आफ्नो अंगालोमा कसेको थियो।बिचरा कलिलो उमेरमा रिक्सा तान्नथालेको बिक्रम करिब पन्द्र सोह्र बर्षको हुनसक्छ।यो पढ्ने लेख्ने खेलकुदँ गर्ने बेलामा उस्लाई बाल रिक्सावाला बन्नु परेको थियो।के गरोश आफु बर्ष दस्सेकको हुँदा बाबाले दुनिया छाडेर गए ससाना भाई बैना हुर्काउँन परेकोले लाहुरमा आएको तर कसैले पनि काममा लगाएनन।पानीपतको घोहाना मोडमा आउँदा जादा एउटा सरदारले उस्लाई चीन्नथालेको थियो।त्यसैले एकदिन खालि बसनुभन्दा रिक्सा चला भन्दै किरायामा रीक्सा दिने पेचकस गय्रो।सरदार सँग चीनजान गरेपछि त्यो बेला दिनको पाँच रुपिया किरायामा रिक्सा लिएर चलाउँथ्यो।त्यो बेला प्रसस्तै रिक्सा हुन्थे तरपनि
कहिले दिनमा दश पन्द्र रुपिया सम्म कमाई हुन्थ्यो आफुले खाना खाएर किराया तिरेर पनि सात/आठ रुपिया दिनको बचाउथ्यो।बिक्रमले रातिमा दिल्लि तिरबाट वा उता अम्बाला तिरबाट समान लिएर आउँने हरुको बाटो कुरेर बस्थ्यो।एकबजे अनि दुई बजे र पाँच बजे बिहान सम्म रेलवाई टेसनमा कुरेर बस्नाले आज लाल बत्तिको एउटा कुनामा रिक्सा उभ्याएर पछाडि सवारी बस्नेवाला सिटमा बसेको त उस्लाई घरि घरि उँग लाग्दै थ्यो।ए रिक्सा किसनपुरा जान्छौ?आवाज सुनेर बिक्रम झसिङ्गियो!हजूर बस्नुश भन्दै निन्द्रामै उठेर आफ्नो चालाक वाला सिटमा गयो।तिनि बा र छोरी रहेछन उनिहरुले आपसमा कुरागरेको सुनिरहेको थियो।
छोरीले हिन्दिमा कुरा गर्थि तर बाउले नेपालीमा उत्तर दिन्थे।यसरी उनिहरु नेपाली भए पनि यतैबसोबास गरेको प्रमाणित हुन्थ्यो।बिक्रमले उनिहरुलाई किसन पुरा भन्ने ठाउँमा छाडेर फर्कियो।तर उसले मनैमनमा त्यो केटिलाई प्रेम गर्न पो थालेछ की यस्तो केटौलेपनमा कुख्रे बैंस आउँछ भन्छन त्यही पो होकि।बिक्रमलाई कां देखम भन्ने भयो।उस्को आँखाबाट त्यो केटीको अनुहार र कानबाट उस्को मिठो स्वर हटाउँन खोज्दा पनि हटेनन्।
एक दिन उस्ले पढ्ने स्कुलमा भाईर रुख्को आस्न बाट रिक्सामा चडेर भित्र झाँक्छ।कतै प्रितिलाई देख्छु कि भनेर तर डरपनि लाग्छ कतै उस्लाई पढाउँने मसटर वा मैड्महरुले देख्लान भन्ने।जेहौश उ त्यो स्कुलको बाहिर सम्म जान्छ अनि फर्किन्छ।यो क्रम अलि दिन सम्म चल्यो।
आखिर प्रेम गर्ने उमेरपनि त हुँदोरैनछ।यतिसानै उमेरमा बिक्रमलाई मनैमनमा त्यो केटी सँग यति धेरै लगाव वा मायाँ बस्यो।पताउँनै नसक्ने बिचार।
एकदिन आकाश्मिक प्रिति सँग उस्को एउटा लुगाको पसलमा देखभेट भयो।एकै छिन त्यँहा बसेपछि झन
बिक्रमले उस्लाई छाड्ने मनै लागेन।न त उसलाई भन्ने हिम्मत पनि थिएन।मात्र हेरिरहने मन लाग्छ।उसैको पछि पछि एउटा कम्पनिमा जँहा उस्को बाबाले काम गर्थे त्यँहा केहि दुबैका आफन्ति पर्नेहरुपनि थिए।त्यो दिन त्यँहा पुग्छन।
उसदिन खुब खुसीथियो जैसतै उसलाई केही अमूल्य चीज बिना मागेर मिलेको थियो जस्तै बिक्रम फ्रुक थियो।यँहा बाट उनिहरुको बिचमा प्रत्यक्ष प्रेमको शुरुवात हुन्छ।त्यो बिक्रमले भने उलाई पहिले देखिनै चाहेको थियो।मनभित्रको कुरा कस्लाई थाहा हुन्छ।यस्तै आउँने जाने क्रम सुरुहुन्छ।प्रितिलाई न देख्दा सम्म खाएको पनि पच्दैनथ्यो होला जस्तो गर्छ।एक दुई बर्ष यस्तै बित्यो।उनिहरुको सम्बन्ध झनपछि झन प्रघाढ बन्दै गयो।प्रिति पनि अब बैंसालु हुनथालि बिक्रम तन्नेरी भयो दुबैको जोडि लाखौँमा एक भन्नेहरुको कमि थिएन।बिक्रमले एउटा कम्पनिमा दैनिक बेतन भोगिको रुपमा काम गर्थ्यो भने प्रितिले अब एस एलसी पास गरि सकेकि थिई।प्रितिको हात माग्न स्वायम आफै बिक्रम गएको थियो जति बेला प्रितिले नौ कलासमा पढ्दैथिई पछि उस्का भिनाजु र कान्छबा पर्ने सँगै जुञैपनि गएर कुराकानि भयो।तर अहिले केहिबर्ष बिहे नगर्ने छोरीको भनेर प्रितिका बाबाले भने।
यहि द्वौरानमा बिक्रम लाई जोरो आउँछ अनि उस्लाई टाईफाईड हुन्छ।बिक्रम एकमैना सम्म अस्पत्तालमा बस्छ तर ठिक भएपनि त्यो अत्याधिक कम्जोर हुन्छ।डा.ले दुई बर्ष सम्म औषधी खाई राख्नुपर्छ भन्छन।
एकातिर मजदुर जसको तलबले आफ्नै उपचार खर्च पुराहुँदैन।अनि घरको जीम्मेवारीछ भाईबैनाको पढाईको उस्तै समस्यछ।आर्को तिर प्रितिको प्रेम यो बिषयले उस्लाई भित्रैबाट झकझोर पार्छ,तर गर्नपनि त के सक्थ्यो?उसको छातिमा ठुलो एउटा डल्लो जस्तो सारो थियो त्यसलाई जचाउँन जाँदा अप्रेसन गर्ने सल्हा दियो डाकँटरले।तर यो टीवी हुन सक्ने बतायो।उतिबेला टीवी पनि खतरनाक बिमारी मध्यको थियो।
आफ्नो यस्तो अबस्था देखेपछि उस्ले प्रिति सँग नाता तोड्ने बिचार गर्छ।उनिहरु आफ्नो घरमा गएको बेला एउटा पत्र लेख्छ र अब आफुले बिबहा नगर्ने भन्दै प्रितिलाई आफ्नो आमा बाले जँहा दिन्छन बिबहा गर्न अनुरोध गर्छ र जो सँग पत्र पठाउँछ उस्लाई यो पत्र उस्को बाउलाई दिनु भन्छ ताकि प्रितिलाई बाउ बाट पत्र प्राप्त हौश।
आफुले राति सबै सुतेको बेला छातिको त्यो डल्लो जस्तामा चाकुलाई रातो गराउँछ र आरो हाल्छ,छातिमा।छाति बाट पिप हरियो पानी र पछि एउटा छिया छिया भएको हाड निक्लिन्छ।अनि भलभल रगात बग्छ।रातिको समय सबै निदाएको बेला रगत नरोकिएपछि पिठोले घाउ टाल्छ र एकमुट्ठी पिठो छातिमा राखेर सुत्छ।
बिहान पख घाउ ओभानो थियो, अनि उ बिस्तारै निको लाग्छ पछि-पछि आफुले प्रितिलाई पठाएको पत्र नै आफुबाट भयको ठुलो भुल महेशुर्ष गर्छ तर त्यो बेला सम्म धेरै अबेरा भैसकेको थियो।उसका बाबा र आमाले अब बिक्रमलाई देख्नै चाहादैनथे।अनि प्रिति पनि पहिलेको जस्तो थिईन साहिद बिक्रमको एककोहोरो प्रेम थियोहोला।नत्र साहिद कम्तिमा प्रितिले त बिक्रमको समस्य बुझ्नु पर्ने।
बिक्रमको प्रित टुक्रिएपछि उ जिउँदो लाश जस्तै थियो।अब उस्ले नोकरी छाडेर बिदेश जाने निर्णय गरेकै थियो अचानक उस्को बैनि बिमार भयको खबरले उ बिदेश पनि नजाने निरणय गय्रो।आखिर आफ्नो गैयर हाजिरमा मुटु भन्दा प्यारि बैनिको कस्ले उपचार गर्थ्यो।केहि यस्ता जीम्मेवारी हुन्छन जसले मानिसलाई बांचन प्रेरित गर्छ।

चर्चामा

सम्बन्धित समाचार