शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • कला /साहित्य
  • हिंजो आज त कोही कसैको दाश हुदैनन्,

हिंजो आज त कोही कसैको दाश हुदैनन्,

  • आइतवार, अशोज १७, २०७८
हिंजो आज त कोही कसैको दाश हुदैनन्,

हिंजो आज त कोही कसैको दाश हुदैनन्,
कसैले धम्कि दिदैमा कोही हतास हुदैनन्।

यँहा सकेसम्म बिचारले नै बाँधनेहो साथि,
डराई धम्काई कोही आफ्नो पास हुदैनन्।

राष्ट्रीयता जनतन्त्र जनजीवीकाको लडाई,
स्वतन्त्र छलफल गर्न दिए निरास हुदैनन्।

संगठनमा आउँने जाने अविराम यात्रा हो,
कसैले दिएको योगदान सत्यनाश हुदैनन्।

आज बिरोधका लागि बिरोध गर्ने मित्रहरु,
देश र जनताको लागि पनि खास हुदैनन्।

लोभ लालच पद प्रतिष्ठा त रहि रहन्न सधै,
देखेकैछौँ जनता सबै ज्युँदा लाश हुदैनन्।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार