शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • सल्यानमा एक महिला मृत अवस्थामा फेला

सल्यानमा एक महिला मृत अवस्थामा फेला

  • आइतवार, अशोज १७, २०७८
सल्यानमा एक महिला मृत अवस्थामा फेला

सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बागचौर नगरपालिका– २ गैरीनिवासी अन्दाजी ५४ वर्षीया रामकली खत्री शनिबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

हिजो बेलुका करिब साढे चार बजे माइती जान्छु भनेर घरबाट निस्किएको र घरदेखि करिब एक किलोमिटरको दूरीमा ठाटीचौरको कच्चीबाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिए ।

घटना शंकास्पद हुन सक्ने भन्दै अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर ल्याउन लागेको डिएसपी थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार