• होमपेज
  • विचार/ब्लग
  • के गान्धिलाई सम्झनु ठिक होईन?

के गान्धिलाई सम्झनु ठिक होईन?

  • आइतवार, अशोज १७, २०७८
सेयर गर्नुहोस् :
के गान्धिलाई सम्झनु ठिक होईन?

सुरेशकुमार पान्डे —  यो चराचर समाजिक जगतमा थुप्रै बेग्ला बेग्लै बिचार भएका मानिसहरु भेट्टिन्छन।जस्तो सुकै बिचारका ब्याक्ति भएपनि अधिकांस ब्यक्तिले शान्ति सुब्यबस्थालाई नै चाहेका हुन्छन।मैले यो भन्दै गर्दा मलाई गाँधिवादी त नभन्नु होला वा अन्यथा नलिनु होला मेरो आफ्नै बिचारधाराछ।
तर पनि समाजमा शान्ति नचाहाने खासै ब्याक्ति हुँदैनन्।शान्ति कसरी आउँछ,शान्ति भनेको कुन चराको नाउँ हो?यसैमा भरी समाजले गोलचक्र काटछ तर शान्ति भेट्दैनन्।कसैले आफ्नो मनभित्र शान्ति खोज्छन,कसैले समाजमा र राजनीतिमा शान्ति खोज्छन मानिसलाई भ्रमछ।जस्ले बन्दुक उठाउँछन उनिहरु पनि शान्तिनै चाहान्छन।कसैले शान्तिको गीत गाएर शान्तिको भाषनगरेर शान्तिका उपदेश लेखेर शान्ति प्राप्त हुँदैन तर जन चेतना उठ्छ र लेखकको मनमा सन्तुष्टी आउँछ। शान्तिको लागि त्यसतैप्रकारको सामाजिक बाताबर्ण बनाउँनु पर्छ।विस्वमा धेरैले शान्तिका लागि योगदान दिएकाछन।नेश्नल मण्डेलाले ३५बर्ष जेलमा बिताए उन्को रङ्ग भेद बिरुद्धको शंघर्ष थियो।यस्ता कयौं उधारणहरु त छँदैछन।यि सबैको योगदान र जीवनको पानालाई पल्टाएर हेर्दा उनिहरुले शान्तिको लागि हिंशक शंघर्ष गरेका वा हिंशा झेलेकापनिछन।यिनै मध्यका एकजना गाँधी पनि हुन।
आज दुई अक्टुबर भारतका शान्ति प्रिय नेता मोहनदाश क्रमचन्द गाँधिको जनम जैन्तिहो।उनैले भारतको आजादिका लागि शान्तिको बाटो अप्नाएका थिए।उन्को ऐतिहाशिक कहावत मध्यको एउटा यस्तो पनि थियो”न खराब देख्ने न खराब सुन्ने र नखराब भन्ने”यस्लाई बिरोधी हरुले उपहाश पनि गर्छन।बिना हाडको जिब्रो जस्तो अर्थ लगाए पनि लाग्छ।मेरो बिचारमा गाँधिले भन्न खोजेको”कसैले नराम्रो गरेको न देख्ने त्यसको अर्थ खराब गरेको बिरोध गर्ने,न कसैले खराब भनेको सुन्ने कसैले कसैलाई खराब भन्छ भने त्यसको बिरोध गर्ने,न कसैलाई खराब भन्ने।नै हुनुपर्छ तर जुन बुतहरु बनाएर कान तोपेको मख र आँखा तोपेको देखाईन्छ त्यसले अर्कै अर्थ लगाएको हुन्छ।”उनको भनाई यहि हुनुपर्छ।जे हौश यदि यो हो भने शान्तिको लागि गरेको हिंशक शंघर्ष नै हो।सरदार भगत सिँले राजगुरुले र सुखदेबले पनि त आफ्नो घांटी मा फन्दा आफै हालेका थिए।त्यसलाई के भन्ने?के त्यो हिंशक थियो?त्यो अंग्रेजहरुले अप्नाएको कार्यता थियो।उनिहरुले असम्बेलिमा बम कसैलाई मार्न होईन बरु उनिहरुले पारित गर्न थालेको एउटा रुलको बिरुद्ध जनाउँनु थियो।
गाँधिले भनेको जस्तो शान्तिले देश स्वतन्त्र हुन सक्ने थिएन तर उन्को शंंदेशलाई धेरैले बंगाएको पनि देखिन्छ।उनि सम्झौता प्रस्त ब्याक्ति थिए त्यो हिसाबले देशमा क्रान्ति हुनसकेन र जनता हिंजो ब्रिटिशको गुलाम थिए आज धनिहरुको गुलामि गर्दैछन।सम्झौता गर्नलाई नम्मान्नेहरु लाई कयौँ फाशिलगायियो कयौँ अलपत्र भय कयौँले आफैलाई गोलि हाने।जस्तो चन्द्रशेखर आजादे आफु ब्रिटिसको अगाडि झुक्नु भन्दा आत्मसम्पर्ण गर्नु भन्दा आफैलाई गोलि हाने।शुभाषचन्द्र बोस अहिले पनि उन्को केभयो कस्ले हत्यागय्रो त्यो रहश्य हल भयकोछैन।
जेहौश भारतमा तिन सए बर्षको गुलामिबाट शान्तिपुर्वकछुट्कारा भयो भन्नु गलत हुन्छ।बरु शान्तिको परिणाम देशले पुर्णतः स्वतन्त्रता प्राप्त गर्न सकिन देशका टुक्रा भयो।मोहमद अलि जिन्नाले अंग्रेजहरुकै आज्ञाबाट पाकिस्तान अलग गराएर छाडे।यस्ता कयौं बिषय बस्तुछन जसबाट काफि शिक्षा लिन सकिन्छ।
तर यो लेख मात्र आज गाँधिको जनम दिन परेकोले उनैको बारेमा छोंटा केहि कुरा खास गरेर उनैको जीवनी र उन्को अध्यायन गर्न किन नहुँने भन्नेवारेमा आफ्नो मत प्रकट गर्ने कोसिश गर्नेछुँ।
२अक्तुवर१८७१मा पिता क्रमचन्द गाँधी र माता पुतलि बाईको कोख बाट जन्मिए।उन्लाई सबैभन्दा पहिले महात्मा भनेर कस्ले भन्यो भन्नेमा तिनवटा मतहरुछन।पहिलो मतछ सन१९१५मा राजवैद्म जीवराम कालिदाशले माहात्म गांधि सम्बोधन गरे भन्ने,आर्को मतछ स्वामि श्रद्धानन्दले सन१९१५मै गरेका थिए,तेस्रो मतछ गुरु रबिन्दर नाथ टैगरले महात्माको उपाधि दिए भन्नेपनिछ।जेहौश जस्ले दिएपनि उन्लाई महात्मा गांधी भनिन्छ।त्यो मात्रै होईन उन्को साबर मति आश्रमका उनका चेलाहरुले उन्लाई बापु भनेर सम्बोधन गर्थे पछि उन्लाई बाप्पु गांधी राष्ट्रपिता आदि यित्यादि भन्दै आएको ईतिहाशछ।
उन्ले शिक्षा अल्फ्रेड हाई स्कुल राज कोट र युनिवर्सिटी कालेज लन्दनमा गरे।उनि पत्रकार वकिल र लेखक राजनीतिज्ञा हुँन,उनि धार्मिक रुपमा हिंदु थिए।उन्ले कस्तुरवा सँग बिबहा गरेपछि कस्तुरवा गाँधीको कोखबाट हरिलाल मोहनदाश गान्धि र रामदाश गाँधी,देबदाश गांधीहरुछन।
उनि पहिलो पल्ट भारतियहरुका लागि वकालत गरे।सन१९१५मा उनि भारतमा आए।सन१९२१मा उन्ले भारतिय राष्ट्रीय कांग्रेसको बागडोर छोपे।सन१९३०मा उन्ले नुनको सत्य गर शुरु गरे।उन्को मान्नेता थियो बिदेशी समान नकिनेपछि बिदेशिहरुको बजार डांबाडोल हुन्छ र पलान गर्छन।”सन१९४२मा भारतछोडो आन्दोलनमा ठुलो ख्याति प्राप्त गरे।
सन१८९३बाट सन१९१४सम्म नागरिक आन्दोलनको अधिकारको लागि शंघर्ष गरेकाहुन।भारतिय स्वतन्त्र आन्दोलनको लागि सन१९१६-१९४५सम्म शंघर्ष गरे।उन्को त्यो बेला हत्यभयो जतिबेला उनि दिल्लिको बिड्ला भवन(दिल्लि बिर्ला हाउश)को मैदानमा चहल पहल गर्दै थिए३०जनवरीसन१९४८मा।उन्लाई नाथुराम गोड्सेले छातिमा तिन गोलि हानेर हत्य गरेका थिए।भन्निन्छ उनि नाथुराम कटर हिंदु थिए।पछि नारायण आप्टे र अरु छे जना सँग गिरफ्तार गरियो।आठ नोवेम्बरमा १९४८मा सजाए सुनाईयो।र्अनि सन१९४९को नोवेमर१५मा गोड्सेलाई फाँसिमा झुण्डाईयो।भन्निन्छ गाँधिका छोराहरुले गोड्सकेको पैरवी गर्ने पेचकस नेरुहरुले ठुक्राएका थिए।
वास्तबिक रुपमा कुनैपनि राजनीतिज्ञ दार्शनिकहरुको जीवनीको अध्यायनले हामिलाई केही कुराहरु सिकाएको हुन्छ।त्यसैले मोहनदाश क्रमचन्द गाँधीको यो छोटो लेखलाई केर्ने जमर्को गरेकोछुँ।कसैले पनि हिंशा चाँहादैनन् तर हिंशक हरुलाई शान्तिले तह लगाउँने भन्ने कुरा पनि हाश्यसपद हो।उनिहरुले पनि भारतलाई एक सए बर्ष जति बलिदानी पुर्ण लडाई लडेका र कयौँले सहदात प्राप्त गरेको ईतिहाशले बताउँछ।

चर्चामा

सम्बन्धित समाचार