शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • यी हुन् जिमेलका निकै काम लाग्ने ४ फिचर्स

यी हुन् जिमेलका निकै काम लाग्ने ४ फिचर्स

  • शनिबार, अशोज १६, २०७८
यी हुन् जिमेलका निकै काम लाग्ने ४ फिचर्स

विश्वका १ अर्ब ५० करोडभन्दा धेरै प्रयोगकर्ताले प्रयोग गर्ने गुगलको लोकप्रिय इमेल सेवा जिमेल सबैभन्दा धेरै प्रयोगकर्ता भएको इमेल सर्भिस पनि हो ।

आम सर्वसाधारण इन्टरनेट प्रयोगकर्ताको पहिलो रोजाइमा रहेको जिमेलमा कतिपय यस्ता निकै कामलाग्ने फिचरहरु छन् जसका बारेका धेरैलाई थाहा नहुन सक्दछ । जिमेलमा रहेका यस्तै उपयोगी र कामलाग्ने ४ विशेष फिचर यस्ता छन् :

गुगल ड्राइभ मार्फत् ठूलो आकारका फाइल पठाउन सकिने सुविधा

जिमेलमा तपाईंले २५ मेगाबाइट भन्दा ठूलो आकारका फाइल पठाउन सकिँदैन । अर्थात् जिमेलमा अधिकतम २५ एमबीसम्मका फाइल मात्रै अट्याच गरेर इमेल पठाउन सकिन्छ । तर यदि तपाईं त्योभन्दा ठूलो आकारका फाइलहरु पनि जिमेलबाट पठाउन चाहनुहुन्छ भने पनि त्यसका लागि उपाय छ । तपाईंले त्यसका लागि गुगल ड्राइभको प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले आफ्नो जिमेलमा पठाउनुपर्ने फाइललाई गुगल ड्राइभमा अपलोड गर्नुपर्ने हुन्छ । त्यसपछि जिमेलको compose खण्डमा रहेको Drive आइकनमा क्लिक गरेर फाइल अट्याच गरी त्यसलाई पठाउन सक्नुहुन्छ ।

जिमेलमा अट्याच गर्ने फाइल २५ एमबी भन्दा ठूला भएमा जिमेल आफैले फाइलको आकार ठूलो भएकोले के तपाइँ गुगल ड्राइभबाट पठाउनुहुन्छ ? भन्ने विकल्प दिन्छ । त्यसमै क्लिक गरेर तपाइँले गुगल ड्राइभमा फाइल अट्याच गरेर सिधै प्ठाउन पनि सक्नुहुन्छ ।

अत्यावश्यक इमेलको ताकेता गर्ने सुविधा

Gmail Nudges नामक फिचरको सहयोगमा प्रयोगकर्ताले आफुले कसैलाई पठाएको तर जवाफ प्राप्त भैनसकेको अत्यावश्यक इमेलको बारेमा ताकेता गर्न सक्दछन् । यो फिचरमा २ वटा विकल्प हुन्छन्ः एउटा जवाफ प्राप्त गर्न गरिने Email Suggestion र फलोअपका लागि Email suggestion for follow up

इमेल शेड्यूल गर्ने

कुनै निश्चित समयमा इमेल प्रेषित हुनेगरी तपाईंले जिमेलमा आफ्नो इमेललाई समय तालिकीकरण गर्न सक्नुहुन्छ । यो फिचर प्रयोग गर्नका लागि तपाइँले जिमेलमा इमेल कम्पोज गरिसकेपछि Send अप्सनसँगै रहेको down arrow मा क्लिक गरी फेरिSchedule Send को अप्सनमा क्लिक गर्नुपर्दछ । त्यसपछि प्रिसेटको अप्सनमा गएर इमेल प्रेषित हुने मिति तथा समय छान्नु पर्दछ । त्यति गरिसकेपछि pick date and time अप्सनमा क्लिक गरेर इमेल प्रेषित हुने मिति र समय निर्धारण हुन्छ । ठ्याक्क निर्धारित समयमा प्रापकले पाउने गरी फुर्सदको समयमा सोँची विचारी इमेल लेखेर पठाउनका लागि यो फिचर निकै उपयोगी छ ।

इन्टरनेट बिनै प्रयोग गर्नुहोस् जिमेल

जिमेलमा अफलाइन एक्सेस मोड पनि उपलब्ध छ । जसमा तपाइँले इन्टरनेटको उपलब्धता बिना नै इमेल पढ्न सक्नुहुन्छ । साथै इन्टरनेट कनेक्सन विना नै इमेलको जवाफ दिने तथा सर्च गर्ने पनि गर्न सकिन्छ । उक्त फिचर प्रयोग गर्नका लागि mail.google.com मा बुकमार्क थप गर्नुपर्दछ । जिमेलको यो गज्जबको फिचर क्रोम ब्राउजरमा मात्र चल्दछ । यसलाई सक्रिय बनाउनका लागि सेटिंग्समा गएर offline mail लाई enable गर्नुपर्दछ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार