शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाली काँग्रेस बाजुरा प्रदेश ख काे मतदान सुरू

नेपाली काँग्रेस बाजुरा प्रदेश ख काे मतदान सुरू

  • बिहिबार, अशोज १४, २०७८
नेपाली काँग्रेस बाजुरा प्रदेश ख काे मतदान सुरू

बाजुरा — नेपाली काँग्रस बाजुराको ७ औँ जिल्ला अधिबेशनमा प्रदेश (ख) मा मतदान सुरू भएकाे छ । प्रदेश (ख) को सभापतीमा रंग बहादुर खाती र देब बहादुर रोकायाकाे टिममा सहमती नहुदा  मतदान प्रकृया अगाडी बढाएकाे हाे  । नेपाली काँग्रेस मतदान अधिकृतका अनुसार सहमती हुन नसकेपछि बिहिबार बिहान १०:१५  बजे देखी मतदान सुरू गरिएकाे जनाएकाे छ । जिल्लाकाे प्रदेश (ख) मा ७ सय २७ मतदाता रहेका छन । जिल्ला समन्वय समितिकाे प्रङ्गणमा मतदान भइरहेकाे छ ।
प्रदेश (ख) मा हुने मतदानमा रंग बहादुर खाती शेर बहादुर देउवा पक्षका रहेका छन भने देब बहादुर रोकाया पौडेल- सिटौला पक्षबाट मतदानमा सहभागी भएका छन । प्रदेश ख मा ७ सय २७ जना क्षेत्रीय प्रतिनिधी रहेका छन । निर्बाचन समितिका अनुसार मतदान प्रक्रिया अगाडी बढाईसकेको जनाएको छ ।
त्यस्तै उपसभापतीमा २ जनामा ६ जनाको उम्मेद्धारी रहेको छ । जसमा शेर बहादुर सिंह, दिल ब. बुढा, गगन जंग बुढा, हरिचन्द्र पाध्याय, सत्य कुमारी रोकाया र पदम ब. बडुवाल रहेका छन ।
सचिवमा २ जनामा ४ जनाले उम्मेद्धारी दिएका छन । उम्मेद्धारी दिनेमा चक्रराज जोशी, बल ब. थापा, दिल ब. थापा र प्रभुराज जोशी रहेका छन ।
सहसचिवमा पनि २ जना हुनुपर्नेमा ४ जनाको उम्मेद्धारी रहेको छ । उम्मेद्धारी दिनेमा अर्जुन नाथ, महेन्द्र रावल, हर्क ब. शाही र बिमल ब. थापा रहेका छन ।
प्रदेश अधिबेशन प्रतिनिधीमा ७ खुला मध्य २३ जनाको उम्मेद्धारी रहेको छ । प्रत्यक्ष प्रदेश अधिबेशन प्रतिनिधीमा ३ जना उम्मेद्धार मध्ये ५ जनाको उम्मेद्धारी रहेको छ । २ जना खस आर्य प्रतिनिधीमा ४ जना रहेका छन । त्यसै गरी दलित खुला प्रतिनिधिमा १ जनामा २ जना रहेका छन । अपाङ्ग, मधेशी, थारु, अल्पसख्यं र मुस्लीम १ जनामा ७ जनाको उम्मेद्धारी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार