शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • भक्तपुरमा कमलपोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

भक्तपुरमा कमलपोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

  • बुधबार, अशोज १३, २०७८
भक्तपुरमा कमलपोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

काठमाडौं — भक्तपुरको मध्यपुर थिमि नगरपालिका-८ बोडेस्थित कमलपोखरीमा डुबेर बुधबार दिउँसो एकजना बालकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीका अनुसार खोटाङको जन्तेढुंगा गाउँपालिका घरभई हाल बोडे बस्दै आएका रमेश खड्काका ६ वर्षीय छोरा रोशनको पोखरीमा डुबेर मृत्यु भएको हो । स्थानीयले पोखरीमा डुबेको देखेपछि बालकको उद्धार गरेका थिए । घटनाबारे जानकारी पाउने वित्तिकै खटेको प्रहरीको टोलीले बालकलाई उपचारका लागि नागरीक अस्पताल गठ्ठाघर पुर्‍याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको गिरीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार