शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

  • बुधबार, अशोज १३, २०७८
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १६ प १६७७ नंको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन् ।

चर्चामा

सम्बन्धित समाचार