शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आरोप र प्रति आरोप लगाएर के फाईदा,

आरोप र प्रति आरोप लगाएर के फाईदा,

  • मङ्लबार, अशोज १२, २०७८
आरोप र प्रति आरोप लगाएर के फाईदा,

आरोप र प्रति आरोप लगाएर के फाईदा,
आफ्नै चोटमा आफुनै रमाएर के फाईदा।

प्रतिकृयावादीहरु यही त चाहान्थे सदियौँ,
आफ्नै बर्गमा खिचडि पकाएर के फाईदा।

लड्नु त हामिलाई काँ थियो दुश्मन चिनौँ,
आफ्नै शन्तानहरु लाई हराएर के फाईदा।

हाम्रो समस्या एउटैहो उदेश्य पनि एउटै हो,
त्यो बिधानलाई बारबार रटाएर के फाईदा।

ए साथि आफुले आफु लाई काम्रेड भन्छौ,
बुझ्नै नसक्ने त्यो उपाधी पाएर के फाईदा।

ठुला ठुला क्रान्तिका गफ लगाएर समाजमै,
भ्रान्तिको लागि बिधान बिसाएर के फाईदा।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार