बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • अछाम माइत भएकी महिलाको अमेरिकामा सडक दुर्घटनामा मृत्यु

अछाम माइत भएकी महिलाको अमेरिकामा सडक दुर्घटनामा मृत्यु

  • सोमवार, अशोज ११, २०७८
अछाम माइत भएकी महिलाको अमेरिकामा सडक दुर्घटनामा मृत्यु

धनगढी — अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा परी एक नेपाली महिलाको मृत्यु भएको छ। टेक्सासमा उनका आफन्त र नातेदार कोही नहुँदा स्थानीय नेपाली समाजले अभिभावकत्व ग्रहण गरेर अन्तिम संस्कार गरेको छ। नेप्लिज सोसाइटी इन टेक्सासले ती चेलीका पूर्वपतिसमेतको सहकार्यमा हिन्दू विधिपूर्वका सेप्टेम्बर २३ विहिबार अन्त्येष्टि गरेको छ।

सुदूरपश्चिमको अछाम जिल्लाबाट विवाह गरेर अमेरिका गएकी निर्मला रेग्मी ओझा सडक दुर्घटनामा परेकी थिइन्। उनलाई तत्काल स्थानीय अस्पताल पुगाईएको थियो तर उनको बाटोमै मृत्यु भएको बताईएको छ। टेक्सासको फोर्थ वर्थमा बाटो काट्ने नियमको पालना नगरी सडकमा हिड्दै गर्दा निर्मलालाई गाडीले हानेको थियो। उनको पहिलो पतिसँग सम्बन्धविच्छेद भएको थियो। दोस्रो विहेपछि दोस्रो पतिले पनि वास्ता नगरेपछि पूर्वपतिले उनलाइ दागबत्ती दिएका थिए।

चर्चामा

सम्बन्धित समाचार